IME Life New

अन्तर्राष्ट्रिय विमानस्थल फेरि बन्द, होल्ड हुन नसकेपछि इण्डिगो एयर दिल्ली फर्कदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार विहानैदेखि मौसको कारण अबरुद्ध बनेको काठमाडौंस्थित विमानस्थल दोस्रो पटक अबरुद्ध हुन पुगेको छ । अपरान्ह १ः४० बजेदेखि विमानस्थल बन्द गरिएको त्रिभुवन विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए । विमानस्थल बन्द हुँदा इण्डिगो एयरलाईन्सको जहाज दिल्लीतर्फ फर्किएको छ भने नेपाल एयरलाईन्स र लायन एयरका जहाजहरु आकाशमाथि फन्को मारिरहेका छन् ।

Esewa
Crest

दिल्लीबाट आएको इण्डिगो एयरलाइन्सको जहाजले अवतरणको लागि दुई फन्को मारेर होल्ड भएको अवस्थामा एकाएक मौसम बिग्रेपछि थप मारमा परेको थियो । उक्त जहाज नयाँदिल्लीतर्फ डाईभर्ट भएको छ ।

मौसममा आएको खरावीका कारण विमानस्थल बन्द गर्नु परेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल बन्द भई जहाजहरु आकाशमै होल्ड हुँदा प्रतिघण्टा लाखौं रुपैयाँको क्षति व्यहोर्नुपर्दछ ।

काठमाडौंको मौसम बिग्रदा उडिरहेका जहाजहरु आपतमा, कतार एयर ओभरसूट, ६ हेलिकोप्टर काभ्रेका धानखेतमै आपतकालिन अवतरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS