IME Life

काठमाडौंको मौसम बिग्रदा उडिरहेका जहाजहरु आपतमा, कतार एयर ओभरसूट, ६ हेलिकोप्टर काभ्रेका धानखेतमै आपतकालिन अवतरण

SPIL
NIC ASIA

काठमाडौं । मंगलबार विहानैदेखि काठमाडौंमा हलुका वर्षा भइरहेको थियो । दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेजको उडान नं क्वूआर ६४४ नं को एयरबस ए–३३० जहाज विहान ७ः५२ बजे बाराको आकाशमाथि माथि आएर काठमाडौं टावरसँग अवतरणको लागि अनुमति माग्छ । टावरबाट ‘ओके’ सन्देश पाएपछि १० हजार छ सय फिटमाथि १७७ किलोनटको स्पीडमा रहेको जहाजले उचाई र गति दुवै घटाउँदै काठमाडौंमा अवतरण गर्ने तयारीमा पुग्छ । जहाजले गति १६३ किलोनटमा झार्दै इमाडोलमाथिको आकाशमा चार हजार आठ सय फिट उचाई कायम गर्दै अवतरण गर्ने अन्तिम अवस्थामा थियो । यतिबेला ७ः५७ बजेको थियो । जहाजमा रहेका क्याप्टेनले टावरबाट सन्देश पाउँछन्, ‘ओभरसूट’ । ओभरसूटको अर्थहुन्छ, अवतरण नगरी उचाई बढाएर अघि बढ्नु । दुई सय ५० भन्दा बढि यात्रु बाकेको जहाज धावनमार्गमाथिको आकाश हुँदै भक्तपुरतर्फ सोझिन्छ र काभ्रे रामेछाप हुँदै पुनः बारामाथिको आकाशमाथि पुगेर फन्को मार्न थाल्दछ । एकाएक मौषम खराव हुँदा आज विहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा घटेको एउटा चित्र हो हो ।

Prabhu
Crest

मंगलबार विहान नेपाली आकाशमा उत्पन्न ठूलो जोखिम सकुशल टरेको छ । काठमाडौंस्थित विमानस्थलमा अवतरण गर्न लागेको र लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेका जहाजहरु सबैभन्दा धेरै प्रभावित भए । एकाएक मौषम विग्रदा काठमाडौं आसपासमा आकाशमाथि उडिरहेको जहाजहरुमा आपतकालिन अवस्थाको घोषणा गरियो । अझ खराव मौषमको तरंग काठमाडौंबाट पूर्वतर्फ अघि बढेपछि त्यसको असर लुक्लाबाट काठमाडौंतर्फ आइरहेका हेलिकोप्टरमाथि पर्यो । विहानै छ वटा हेलिकोप्टर लुक्लाबाट काठमाडौंतर्फ आउदै थिए । ति हेलिकोप्टरहरुलाई तत्काल समथर ठाउँ हेरेर आपतकालिन अतवरण गर्न निर्देशन दिइयो । लगत्तै सिम्रिक एयरका दुई वटा, अल्टिच्यूट एयर, मनाङ एयर, कैलाश एयर र एयर डाईनेष्टी एयरका हेलिकोप्टरहरु काभ्रेका धान खेत तथा खोलामै अवतरण गरे । चार वटा हेलिकोप्टर काभ्रेको पाँचखालमा अवतरण गरे भने बाँकी दुई वटा सुर्केमा अवतरण गरेका थिए । लगत्तै यति ठूलो पानी पर्यो कि हेलिकोप्टर ल्याण्ड गरिएकै ठाउँमा पानीको खहरे उर्लेर आएका थिए ।

काठमाडौंस्थित विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले आज विहान मौषममा आएको उचार चढावका कारण केही उडान प्रभावित भएको बताए । उनले मौषमले असर गर्न सक्ने भएकाले लुक्लाबाट काठमाडौं आउँदै गरेका हेलिकोप्टरहरुलाई सम्भावित जोखिमबाट बच्न आपतकालिन अवतरण गर्न निर्देशन दिइएको बताए । मौषम झण्डै २० मिनेटमा सुधार आएको थियो । मौषममा सुधार आएपछि कतार एयरको जहाज सकुशल काठमाडौंमा अवतरण गरेको थियो । मौषम खरावीका कारण कतार एयरको जहाज ५० मिनेट ढिलो हुन पुगेको थियो ।

आज विहान छोटो समय मौषममा आएको खरावीका असर अहिलेसम्म हवाई ट्राफिक व्यवस्थापन चुस्त हुन सकेको छैन । कतारबाटै आएको अर्को जहाज, दिल्लीबाट आएको नेपाल एयरलाईन्सको जहाज समेत निकै बेर ट्राफिक जामको सामना गर्नु परेको थियो । हवाई ट्राफिक व्यवस्थापन बीमाको दृष्टिकोणले निकै महंगो जोखिम हो । एउटा सानो हवाई दुर्घटनाको करोडौं बीमा दावी भुक्तानी गर्नुपर्ने हुन्छ ।

हेलिकोप्टरका तस्विरहरुः सरोजश्रीको ट्वीटरबाट

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS