IME Life New

अनलाईनबाटै म्यादी जीवन बीमा भुक्तानीको व्यवस्था मिलाइदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागले बिदेश जाने कामदारहरुको लागि गर्दै आएको म्यादी जीवन बीमाको प्रिमियम अनलाईनमार्फत नै भुक्तानी गर्न सकिने भएको छ। बीमा समिति, बीमा कम्पनीहरु तथा बैदेशिक रोजगार विभाग समेतको सहकार्यमा अनलाईनबाटै गर्न लागिएको हो ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिसँग सहकार्य भएमा विभाग आगामी भदौदेखि लागु गर्ने भएको छ।बीमा समितिबाट स्वीकृत भएमा वैदेशिक रोजगारीमा जाने कामदारले बीमा खरिद र कल्याणकारी कोषको रकम अनलाईन मार्फत भुक्तानी गर्न पाउनेछन्।

Esewa
Crest

वैदेशिक रोजगार विभागले म्यादी जीवन बीमामा प्रविधिमैत्रीका साथै वैदेशिक रोजगारीमा भएकाहरुलाई सहज वातावरण सिर्जना गर्नको लागि अनलाईन भुक्तानी प्रणाली ल्याउन लागेको विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागले अनलाईन भुक्तानीको लागि सबै तयारी पूरा गरिसकेको जनाएको छ । यद्यपि बीमा समितिले अनुमति भने दिसकेको छैन ।

विभागले अनलाईन भुक्तानीको लागि सफट्पयरको समेत निमार्ण गरिसकेको छ । विभागले अनलाईनमार्फत भुक्तानीको लागि फाईल बीमा समितिमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS