IME Life New

अध्ययन गरेर लगानी गर्न बोर्डको सुझाब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्डले अध्ययन र अनुसन्धान गरेर मात्रै लगानी गर्न लगानीकर्ताहरुलाई सुझाव दिएको छ । आफुले लगानी गर्न चाहेको कम्पनीको विश्लेषण गरेर मात्रै लगानी गर्न आग्रह गरेको छ ।

बोर्डले पछिल्लो समयमा धितोपत्रको दोस्रो बजारको अवस्थालाई सूक्ष्मरुपले अध्ययन गरीरहेको बताउँदै सरकारले पूँजी बजारलाई प्रोत्साहन गर्न पूँजीबजारमा पछिल्लो केही बर्षहरु देखि अन्यौलको रुपमा रहेको भ्याटको समस्यालाई समाधान गरी दिएको बताएको छ ।

Esewa
Crest

पूँजीबजारमा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न नीतिगत रुपमा ५० करोड रुपैयाँ वा सो भन्दा बढी चुक्ता पूँजी भएका प्राइभेट कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण हुन प्रोत्साहन स्वरुप तीन बर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । साथै १ अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई कम्पनीमा रुपान्तरण भई पूँजीबजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरी बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेकोमा धितोपत्र बजारमा क्षेत्रगत जोखिमलाई कम गर्ने प्रयास गरिएको छ ।

बोर्डका अनुसार धितोपत्र व्यवसायी शुल्कमा कटौती गरी लगानीकर्ता मैत्री बनाईएको छ भने बैकल्पिक लगानी कोष नियमावली मार्फत प्राइभेट इक्यूटी, भेन्चर फण्ड र हेज फण्ड प्रबेश गराई कम्पनीहरुलाई चाहिने दिर्घकालीन कोषको व्यवस्था गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS