IME Life New

अधिकांश सूचकमा कामना सेवाको प्रगति, दोब्बरले बढ्यो लाभांश क्षमता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २५ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २४.५५ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३७ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १७ करोड ४५ लाख रुपैयाँ थियो। दोस्रो त्रैमाससम्म बैंकले २१.४० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको लाभांश क्षमता दोब्बरले बढेको छ।

बैंकको सञ्चालन मुनाफा २६.७९ प्रतिशतले बढेर ४६ करोड ९१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३७ करोड रुपैयाँ थियो। ब्याज आम्दानी बढेर १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ९५ करोड ८८ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ रुपैयाँ रहेको बैंकको रिजर्भमा १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३७ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४१ करोड १२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ६१ अर्ब ५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। यसले बैंकको व्यापार आक्रामक रहेको देखाउँछ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३५ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ३.४२ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.३७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.७८ रुपैयाँ थियो। पीई रेसियो २३.५७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

8%
amazed

अचम्मित

67%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS