IME Life New

अत्याधिक माइलेज र नयाँ अवतारमा लन्च भयो मारुती स्विफ्ट, यस्ता छन् फिचर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले बिहीबार आफ्नो प्रसिद्ध ह्याचब्याक कार मारुती स्विफ्टको नेक्स्ट जेनेरेसको मोडल सार्वजनिक गरेको छ। इच्छुक ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट र डिलरसिपमार्फत यो कार बुक गर्न सक्छन्। नयाँ मारुती स्विफ्ट पहिलोपटक गत जापान मोबिलिटी शोमा कन्सेप्टका रुपमा प्रस्तुत गरिएको थियो।

आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित मारुती स्विफ्टको नेक्स्ट जेनेरेसन मोडलको प्रारम्भिक मूल्य भारु ६.४९ लाख (एक्स शोरुम) तोकिएको छ। कम्पनीले यस ह्याचब्याक कारमा धेरै ठूलो परिवर्तन गरेको छ।

Esewa
Crest

यद्यपि समग्र डिजाइन समान रहन्छ। तर, पहिलेको तुलनामा झन् सार्प भएको छ। यसमा नयाँ बम्पर र नयाँ डिजाइन गरिएको रेडिएटर ग्रिल दिइएको छ। यसबाहेक पहिले ग्रिलको बीचमा रहेको ब्रान्डको लोगो कारको अगाडिको बोनेटमा राखिएको छ। नयाँ हेडल्याम्प र फग ल्याम्पले कारको अगाडिको भागलाई पूर्ण रुपमा ताजा लुक दिन्छ।

नयाँ स्विफ्ट अलि ठूलो छ। यो कार हालको मोडलको तुलनामा १५ एमएम लामो र करिब ३० एमएम अग्लो छ। यद्यपि, ह्विलबेस २४५० एमएममा उही रहन्छ। नयाँ स्विफ्टमा कम्पनीले सी–पिलरबाट पछाडिको ढोकामा रहेको ढोकाको ह्यान्डललाई हटाएर ट्रेडिसनल ढंगका ढोका राखिएको छ। यसबाहेक नयाँ डिजाइन गरिएका एलोय ह्विलहरुले यसलाई अझ सुन्दर बनाएको छ।

कारको इन्टेरियरलाई स्मार्ट लुक दिइएको छ। यसको क्याबिन फ्रन्क्ससँग मिल्दोजुल्दो छ। यसमा फ्री–स्ट्यान्डिङ इन्फोटेनमेन्ट सिस्टम, नयाँ स्टाइल सेन्टर एयर कन्भेन्टहरु उपलब्ध गराइएको छ। यसबाहेक कारभित्र नयाँ अपहोल्स्ट्री र नयाँ डिजाइन गरिएको ड्यासबोर्ड पनि पाइनेछ। केबिनका केही कम्पोनेन्ट ब्रेजा र बलेनोबाट लिइएका छन्।

मारुती स्विफ्टमा सबैभन्दा ठूलो परिवर्तन यसको पावरट्रेनमा देखिएको छ। कम्पनीले यसमा एकदमै नयाँ १.२ लिटर क्षमताको ‘जेड’ सिरिजको इन्जिन दिएको छ। जसले ८२एचपीको पावर र ११२एनएमको टर्क जेनेरेट गर्छ। ‘के’ सिरिजको इन्जिन हालको मोडलमा उपलब्ध छ। नयाँ मारुती सुजुकी स्विफ्टले २५.७२ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ। जुन हालको मोडलको तुलनामा करिब ३ किमी÷लिटर बढी छ।

नयाँ मारुती स्विफ्टमा कम्पनीले ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस फोन चार्जर, पछाडिको एसी भेन्ट्स, पुश बटन स्टार्ट/स्टप, स्टेयरिङ माउन्टेड कन्ट्रोलजस्ता सुविधा उपलब्ध गराइएको छ। यो कारलाई पहिलेभन्दा अझ सुरक्षित बनाइएको छ। यसका सबै भेरियन्टमा ६ वटा एयरब्याग उपलब्ध गराइएको छ। यसबाहेक इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल पनि उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS