IME Life New

अण्डराइटिङमा ध्यान पुर्याउन अध्यक्ष सिलवालको निर्देशन, कार्यकाल सफल भएको देखाउन मात्रै व्यवसाय नगर्नुस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई अण्डराइटिङमा ध्यान दिन निर्देशन दिएका छन् । नेपालमा घटना घटिसके पछि मात्रै वास्तविकता वाहिर आउने गरेको भन्दै सिलवालले बीमा शुल्कको लागि मात्रै व्यवसाय नगर्न अनुरोध गरेका छन् ।

जीवन बीमा कम्पनीहरु विचको अस्वस्थ प्रतिस्पर्धालाई संकेत गर्दै अध्यक्ष सिलवालले एउटा प्रमुख कार्यकारी अधिकृतले आफ्नो कार्यकाल सफल भएको देखाउन मात्रै व्यवसाय गर्न नहुने बताएका छन् । उनले भने ‘कुनै प्रमुख कार्यकारी अधिकृतले चार वर्षको कार्यकाल सफल पार्नलाई मात्रै व्यवसाय गर्ने होइन ।’

Esewa
Crest

प्रमुख कार्यकारी अधिकृतले व्यवसायको जोखिमलाई व्यवस्थापन गर्छु भनेर आएको हुँदा उनिहरुमा इमान्दारिता नदिएको उनले आरोप लगाए । उनले भने ‘मैले सिफारिस गरेका मान्छेले ल्याएको व्यवसाय ठिक छ कि छैन भन्ने हेर्न अण्डराइटिङ विभाग छ, जिल्ला जिल्लामा शाखा कार्यालय र तिनमा कर्मचारी छन् भने अव कहाँ मिलिरहेको छैन पत्ता लगाउनु पर्यो ।’

बजारमा कतिपय अभिकर्ताको व्यक्तिगत स्वार्थले गर्दा बजारमा समस्याहरु आइरहेको अध्यक्ष सिलवालले आरोप लगाएका छन् । अभिकर्ताको बदमासीले गर्दा कम्पनीहरुलाई दोष लाग्ने भन्दै सिलवालले अभिकर्ताहरुलाई जानकार बनाउन समेत उनले अनुरोध गरेका छन् ।

रिलायन्स लाइफले आयोजना गरेको एक कार्यक्रममा मन्तव्य दिने क्रममा रिलायन्स लाइफकै एउटा घटनालाई उनले प्रस्तुत गरेका थिए । अध्यक्ष सिलवालकै भाषामा, ‘रिलायन्सको एउटा केस सुनाउँछु, एकजना केटीले १५ वर्षको बीमा गर्यो, २० लाख रुपैयाँको । प्रथम बीमा शुल्क बापत उनले ९५ हजार जति पैसा तिरिन् । अचानक त्यहि वर्ष उनको मृत्यु हुन्छ । उसको परिवारले भने कार्डियोलोजीको कारण एकदिनमै मृत्यु भएको भन्छ।  तर उसको रिपोर्टहरुले भने किड्नीमा समस्या भएको देखाउँछ । मान्छे त मरेर गयो । क्लेम गर्नेले क्लेम गर्यो । हामीले शंका गर्नु जायज छ ।  कम्पनीले शंका गरेर मात्रै भएन ।’

यहि घटनालाई उल्लेख गर्दै सिलवालले, कम्पनीबाट हुने फाइनान्सियल अन्डर राइटिङ, मेडिकल राइटिङको बारेमा कोबाट कहिले गम्भिरता हुने ? प्रश्न गरे । अर्को तर्फ बीमा कम्पनीहरुले व्यवसाय भित्र्याउन जुसुकै हदकण्डा अपनाउने तर दाबी तिर्ने समयमा चाँही वास्ता नगर्ने अवस्थालाई समेत उनले कटाक्ष गरेका छन् । यहि कारणले बीमा प्रतिको विश्वसनियता गुम्दै गएको छ । समितिले यहि अवस्थालाई मध्यनजर गर्दै बीमा कम्पनीका अध्यक्ष र सिइओहरुलाई बोलाएर दाबी भुक्तानी गर्न निर्देशन समेत दिएको थियो । समितिले यहि वर्षलाई दाबी भुक्तानी वर्षको रुपमा मनाइरहेको छ ।

बीमा समितिले स्थानीय सरकारसँग कार्यक्रम गर्दा सबैले दाबी भुक्तानीकै विषयमा गुनासो गरेका थिए । यहि विषयलाई उठान गर्दै अध्यक्ष सिलवालले दाबी भुक्तानीलाई प्राथमिकता दिन अनुरोध गरेका छन् । उनले भने ‘यो वर्षलाई क्लेम सेटलमेन्ट क्लियर बनाउ भन्नुको कारण के हो भने बीमाले आफ्नो विश्वसनियता गुमाउँदै गएको छ । जुन विश्वासका साथ मान्छेले बीमा गरे, त्यो अनुसारको क्लेम नपाएको गुनासो आइरहेको छ ।’

उनले थपे ‘मैले ५/६ वटा स्टेटको गभरमेन्टसँग कुरा गरेर आएको छु । जहाँ गएपनि क्लेम दिनुहुन्न भन्ने कुरा छ । त्यसकारण हामी यहाँबाट माथि आउनुपर्यो । क्लेमलाई हामीले प्राथमिकतामा राख्नुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS