IME Life New

अण्डरराइटिङको कमजोरीबारे बीमा समिति र बीमकबीच छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमालेख प्रस्ताव स्वीकार गर्दा जोखिमांकन (अण्डरराइटिङ) मा देखिएको समस्या सम्बन्धमा आज बीमा समिति र बीमा कम्पनीबीच संयुक्त छलफल भएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई अण्डरराइटिङमा देखिएका समस्या समाधानको लागी लिखित सुझाव सहित उपस्थित हुन गत साता मौखिक निर्देशन दिएका थिए ।

Esewa
Crest

साढे दुई करोड रुपैयाँ जीवन बीमा दाबीको मुद्दामा कोहलपुरका सुकुम्बासी २१ वर्षिय यूवक सर्जन विकको हत्या भएपछि अण्डरराइटिङमा कमजोरी भएको प्रारम्भिक निष्कर्षसहित बीमा समितिले आवश्यक सतर्कताको लागी बीमा कम्पनीहरुलाई थप कडाईका साथ अण्डरराइटिङको मूल्य मान्यता र अभ्यासहरुको पालना गर्न निर्देशन जारी गर्दैछ ।

सर्जन बिकको बीमा प्रस्ताव स्वीकार्दा उनको नागरिकता, आम्दानीको श्रोत खुल्ने कागजलगायतका प्रमाणहरु प्राप्त भएपनि विवाह दर्ताको कागज बीमालेख जारी भएपछिको मितिमा जारी गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाई छ ।

बीमा कम्पनीको अण्डरराइटिङ विभागका अनुभवीहरुका अनुसार वित्तीय जोखिमांकन र स्वास्थ्य प्रतिवेदनमा समस्या नदेखिए पनि मोरल हजार्ड रिपोर्ट९एमएचआर० अर्थात् नैतिक जोखिम प्रतिवेदनमा व्यापक कमजोरी देखिएको छ । सर्जन बिक भनिने बीमित सुकुम्बासी र बालुवा डिप्पोमा काम गर्ने मजदूर भएकाले उनको आर्थिक हैसियत ठीक भए नभएको र एक करोड ५० लाख रुपैयाँ बीमांकको बीमा गर्न योग्य भए नभएको सम्बन्धमा बीमा कम्पनीको स्थानीय कर्मचारीले स्थलगत जानकारी लिन चुकेको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS