IME Life New

अडीको ठूलो घोषणाः वर्ष २०२५ को अन्त्यसम्म २० नयाँ मोडेल ल्याउने, ४१ अर्ब युरो लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जर्मन लक्जरी कार निर्माता कम्पनी अडीले अटो उद्योगमा आफ्नो व्यापार विस्तार गर्ने विषयमा ठूलो घोषणा गरेको छ। कम्पनीले आगामी वर्ष अर्थात् २०२५ को अन्त्यसम्ममा २० वटा नयाँ मोडल विभिन्न बजारमा ल्याउने योजना बनाएको जनाएको छ।

अडी एजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जर्नट डोल्नरले कम्पनीले २०२७ सम्म सबै प्रमुख खण्डहरुमा विद्युतीकरण गर्ने योजना पनि बनाएको छ। अटोमोबाइल निर्माताले सन् २०२४ देखि २०२८ सम्मको अवधिमा ४१ अर्ब युरो पुँजीगत खर्च पनि तोकेको छ।

Esewa
Crest

अडी एजीले आईसीईएस (आन्तरिक दहन इन्जिन), एएचईभीएस (प्लग–इन हाइब्रिड इलेक्ट्रिक भेहिकल) र अन्य खण्डहरुको विकासमा ११.५ अर्ब युरो र बीईभीएस (ब्याट्री इलेक्ट्रिक वाहनहरु) र डिजिटलाइजेसनमा २९.५ अर्ब युरो लगानी गर्नेछ।

सीईओ डल्नरले अडी क्यू६ ई–ट्रोन एउटा व्यापक उत्पादन पहलको सुरुआत रहेको बताए। ‘यसलाई हामीले आगामी वर्षहरुमा हाम्रो पोर्टफोलियोलाई पुनर्जीवित गर्न प्रयोग गर्नेछौँ’, उनले भने, ‘हामी २०२४ र २०२५ मा २० भन्दा बढी नयाँ मोडल ल्याउने योजना गरिरहेका छौँ, जसमा २०२४ को गर्मीमा ए६ ई–ट्रोनको प्रस्तुति र दोस्रो त्रैमासमा नयाँ प्रिमियम प्लेटफर्म कम्बसन (पीपीसी) मा पहिलो मोडेलका रुपमा ए५ र क्यू५ को नयाँ जेनेरेसन समावेश गरिएको छ।

अडी समूहले आर्थिक, प्राविधिक र रणनीतिक रुपमा भविष्यका लागि आफूलाई तयार पार्दै एक–एक गरी नयाँ उत्पादनहरु सडकमा ल्याउने योजना रहेको सीईओ डल्नरले सुनाए। ‘विद्युतीय कारहरुको भविष्यमा कुनै शंका छैन’, उनले भने।

अडीले गत वर्ष २०२३ मा १.७८ लाख विद्युतीय सवारीसाधन बिक्री गरेको थियो। जुन वर्ष २०२२ को तुलनामा ५१ प्रतिशतले बढी हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS