IME Life New

अडानी ग्रुपलाई अर्को झट्का, केन्याको अन्तर्राष्ट्रिय विमानस्थलको डिल पनि रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केन्याका राष्ट्रपति विलियम रुटोले भारतीय बहुर्राष्ट्रिय समूह, अडानी समूहसँग विमानस्थल र विद्युत प्रशारण लाइन निर्माणको सम्झाैता रद्द गरिएको घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिकाको जाँच एजेन्सीले अडानी समूहका अध्यक्ष गाैतम अडानीविरूद्ध घुसखोरी र भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरे लगत्तै केन्याका राष्ट्रपतिले बिहीबार यस्तो घोषणा गरेका हुन् ।

करिब २ अर्ब डलर(२ खर्ब ७० अर्ब नेपाली रूपैयाँ) को प्रस्तावित विमानस्थल क्षमता बिस्तार सम्झौता अन्तर्गत, अडानी समूहले जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो धावनमार्ग थप्ने र ३० वर्षको बहालमा यात्रु टर्मिनलको स्तरोन्नति गर्ने थियो।

Esewa
Crest

देशवासीका नाममा संसद भवनमा बिहीबार गरिएको सम्बोधनका क्रममा राष्ट्रपति रुटोले यो पनि भने कि उनले ७३ करोड ६० लाख अमेरिकी डलर बराबरको छुट्टै ३० वर्षे सार्वजनिक-निजी साझेदारी सम्झौता रद्द गर्दैछन् जुन अडानी समूहको फर्मले ऊर्जा मन्त्रालयसँग गत महिना विद्युत प्रसारण लाइनहरू निर्माण गर्न हस्ताक्षर गरेको थियो।

रुटोको घोषणालाई संसदमा सांसदहरूले ताली र जयजयकारका साथ स्वागत गरेका छन् । पारदर्शिता र पैसाको मूल्यको कमीको चिन्तामा धेरै राजनीतिज्ञ र जनताका सदस्यहरूबाट अडानी समूहसँगको सम्झौताको तीव्र आलोचना हुँदै आएको थियो।

अफ्रिकी मुलुक केन्या हल्लाएको के हो भारतीय व्यापारी गाैतम अडानीसँगको ‘गोप्य डिल’

अमेरिकी अधिकारीहरूले बुधबार अभियोगमा भनेका छन् कि समूहका संस्थापक गौतम अडानी, विश्वका सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक र अन्य सात प्रतिवादीहरूले भारतीय सरकारी अधिकारीहरूलाई करिब २६ करोड ५० लाख अमेरिकी डलर घुस रकम दिन सहमत भएका थिए।

रोयटर्सका अनुसार अडानी समूहले प्रेस विज्ञप्ती जारी गर्दै भ्रष्टाचार सम्बन्धी यी आरोपहरूलाई अस्वीकार गर्दै “सबै सम्भावित कानुनी उपाय” खोज्ने जानकारी दिएको छ।

अडानी समूहले प्रतिस्पर्धात्मक बोलपत्रलाई रोक्ने प्रकृया अन्तर्गत गत मार्चमा नै केन्याको विमानस्थल ३० वर्षका लागि लिजमा लिएर व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने प्रस्ताव गरेको थियो, तर यो प्रस्ताव जुलाईसम्म सार्वजनिक भएन।

केन्याको एक अदालतले यो सम्झाैतालाई गत सेप्टेम्बरमा अन्तरिम आदेशमार्फत रोक लगाएको थियो ।

अल जजिराका अनुसार रुटो सहित वरिष्ठ सरकारी अधिकारीहरूले शुरूवातमा यो सम्झाैताको पक्षमा उभिएका थिए । अमेरिकामा भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता भएलगत्तै भने सम्झाैता रद्दको घोषणा गरेका छन् । अचम्म लाग्दो के छ भने, बिहीबार बिहान ढिलोसम्म, केन्याका ऊर्जा मन्त्री ओपियो वान्डेईले सांसदहरूलाई अडानी समूहसँगको ठेक्कामा कुनै भ्रष्टाचार नभएको दाबी गर्दै  विद्युत प्रशारण लाइन अघि बढ्ने आशा गरेका थिए।

सार्वजनिक खरिदमा विशेषज्ञ केन्याका कानून व्यवसायी जर्ज कामाउले भने कि अडानी समूह रद्दीकरणलाई चुनौती दिन मध्यस्थतामा जान सक्छ, विशेष गरी ट्रान्समिशन लाइन सम्झौता जुन पहिले नै हस्ताक्षर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS