IME Life New

अडानी ग्रुपका कम्पनीहरुमा गरेको लगानीबाट एलआईसी मालामाल, एक वर्षमै ५९% रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी)ले वित्त वर्ष २०२३।२४ मा अडानी ग्रुपका कम्पनीहरुमा गरेको लगानीबाट ५९ प्रतिशत नाफा कमाएको छ। अमेरिकी सर्ट सेलर हिन्डनबर्गको प्रतिवेदनका कारण अडानी ग्रुपका कम्पनीहरुको शेयरभाउमा ठूलो गिरावट देखिएको थियो। तर, यो प्रतिवेदन आएको एक वर्षभन्दा बढी भइसकेको छ। त्यसयता अडानी ग्रुपका कम्पनीहरुको शेयरभाउमा ठूलो सुधार आइसकेको छ।

स्टक एक्सचेन्जको तथ्यांकअनुसार अडानी ग्रुपका ७ कम्पनीमा एलआईसीको कुल लगानी ३१ मार्च २०२३ मा भारु ३८ हजार ४७१ करोडबाट बढेर ३१ मार्च २०२४ मा भारु ६१ हजार २१० करोड पुगेको छ। अर्थात्, एलआईसीले यो लगानीबाट एक वर्षमै भारु २२ हजार ३७८ करोड नाफा कमाएको छ।

Esewa
Crest

अडानी इन्टरप्राइज लिमिटेडमा एलआईसीको लगानी ३१ मार्च २०२३ को भारु ८ हजार ४९५.३१ करोडबाट एक वर्षपछि बढेर भारु १४ हजार ३०५.५३ करोड पुगेको छ। यस अवधिमा अडानी पोर्टहरुमा एलआईसीको लगानी भारु १२ हजार ४५०.०९ करोडबाट बढेर भारु २२ हजार ७७६.८९ करोड पुगेको छ।

अडानी ग्रीन इनर्जीमा एलआईसीो लगानी एक वर्षमा दोब्बरले बढेर भारु ३ हजार ९३७.६२ करोड पुगेको छ। एलआईसीले अडानी टोटल ग्यास, अम्बुजा सिमेन्ट र एसीसीमा गरेको लगानीबाट पनि राम्रो नाफा कमाएको छ।

गत वर्ष हिन्डनबर्ग रिपोर्टमा अडानी समूहमा स्टक हेरफेरको आरोपपछि एलआईसीले पनि समूहमा लगानी गर्ने निर्णयमा प्रश्नहरुको सामना गर्नुपरेको थियो। तर, अडानी समूहले हिन्डनबर्गको प्रतिवेदनलाई पूर्णतया झुटो भनेका थिए।

राजनीतिक दबाबको सामना गर्दै एलआईसीले अडानी समूहका दुई प्रमुख कम्पनी अडानी पोर्ट्स र अडानी इन्टरप्राइजेजमा रणनीतिक रुपमा आफ्नो लगानी घटाएको थियो। तर, अडानी पोर्ट्सको शेयरभाउ ८३ प्रतिशत र अडानी इन्टरप्राइजेजको शेयरभाउ ६८.४ प्रतिशतले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS