IME Life New

अजोड, सानिमा र जनरल इन्स्योरेन्सबीच तुलना, अजोड बलियो, जनरल कमजोर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरु अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल ईन्स्योरेन्स कम्पनीबीच आव २०७५/०७६ को तथ्याङ्कको तुलनात्मक अध्ययन गर्दा अजोड सबैभन्दा अगाडि देखिएको छ । अजोडको बीमा पोलिसी बिक्री संख्या, कूल जोखिम बहन, बीमा दावीका आधारमा अजोड सबैभन्दा अब्बल देखिएको छ ।

इन्स्योरेन्स खवरलाई प्राप्त अडिट नगरिएको तथ्याङ्कमा जनरल इन्स्योरेन्स कम्पनीको बीमा दावी अन्य कम्पनीको तुलनामा झण्डै दोब्बर परेको देखिएको छ । यसबाट सो कम्पनीको व्यवस्थापन तथा बीमा पोलिसी बिक्री गर्दा अपनाउनु पर्ने आधारभूत कुरामै पनि समस्या छ कि भन्ने आशंका पैदा भएको छ ।

Esewa
Crest

अजोड इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तथ्याङ्कहरु बीमा कारोबारको आधारमा धेरै हदसम्म समानता देखिए पनि जनरल इन्स्योरेन्स कम्पनीको तथ्याङ्कमा भने ठीक विपरित नकारात्मक देखिएको छ । कूल ४९ हजार ९०२ वटा पोलिसी बिक्री गरी एक खर्ब १७ अर्ब १५ करोड ८२ लाख १४ हजार ४२२ रुपैयाँको को जोखिम बहन गरेको अजोड इन्स्योरेन्सले जम्मा ७३८ वटा बीमा दावीको सामना गर्नु परेको छ । सो मध्ये ५०८ वटा बीमा दावी भुक्तानी गरिसकेको देखिन्छ ।

उता जनरल इन्स्योरेन्सले भने समीक्षा अवधीमा ३१ हजार २१७ वटा बीमा पोलिसी बिक्री गरी कूल जम्मा ७५ अर्ब ८ करोड ५५ लाख ३५ हजार ३१४ रुपैयाँको जोखिम बहना गर्दा ७३८ वटा बीमा दावीको सामना गरेको देखिएको छ । सो दावी मध्ये अझै २३० वटा बीमा दावी भुक्तानी गर्न बाँकी रहेको देखिन आएको छ । त्यस्तै सोही अवधीमा सानिमा जनरल इन्स्योरेन्सले १९ हजार छ सय छ वटा पोलिसी बिक्री गरी ६७ अर्ब ३० करोड २० लाख ३५ हजार ७९८ रुपैयाँको जोखिम बहन गरेको छ भने सोही अवधीमा कूल २९३ वटा मात्रै बीमा दावी परेको छ ।

उल्लेखित कारोबारबाट अजोडले तीन करोड १२ लाख ७२ हजार ५२१ रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ भने जनरल इन्स्योरेन्स कम्पनीले चार करोड ६८ लाख ५९ हजार छ सय रुपैयाँ दावी भुक्तानी गरेको छ । जबकी सानिमा लाईफले जम्मा एक करोड मात्रै बीमा दावी भुक्तानी गरेको छ । आम्दानी समेत कम गरेको जनरल इन्स्योरेन्सले बीमा दावी बापत ठूलो रकम भुक्तानी गर्न बाध्य हुनुले उसको मुनाफा खुम्चने देखिएको छ ।
हेरौं तथ्याङ्क

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS