IME Life New

अजोड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २५ करोड माथि,खुद नाफा २ करोड ६० लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

केही समय अघि मात्र संचालनमा आएको अजोड इन्स्योरेन्सले आफ्नो तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २५ करोड ४  लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ९ करोड २९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीमा  हाल २९  हजार  ४  सय ७ बीमा लेख संख्या कायम छन्।  कम्पनीले तेश्रो त्रैमास सम्म २ करोड ६०  लाख खुद नाफा गरेको छ।

Esewa
Crest

कम्पनीको हाल पुँजी ७० करोड रुपैयाँ छ।  निर्जीवन बीमा कम्पनीले १ अर्ब पुँजी पुर्याउनु पर्नेमा कम्पनीले बाँकी रकम आईपीओमा निस्काशन गर्ने देखिन्छ। कम्पनीको जगेडा कोषमा १ करोड ९८  लाख संचित छ भने बीमा कोषमा २ करोड ३० लाख रुपैया संचित छ।
तेश्रो त्रैमास सम्म कम्पनीले १ करोड १ लाख  कुल दावी भुक्तानी गरेको छ भने ४६ लाख १२  हजार खुद दावी भुक्तानी गरेको छ।
१ करोड १४ लाख रुपैया भुक्तानी हुन बाँकी दावी रकम देखिन्छ । कम्पनीको प्रति शेयर आम्दानी ४  रुपैया ९७ पैसा आउछ भने १०६ रुपैया १२ पैसा किताबी मूल्य छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS