IME Life New

अजोड इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न, कसले कति पाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज अपरान्ह बाँडफाँड गरिएको छ । मागभन्दा निकै बढिले आईपिओको लागि आवेदन दिएपछि गोलाप्रथाबाट २ लाख ७३ हजार आवेदकलाई प्रतिव्यक्ति आवेदक १० कित्ताका दरले आईपिओ वितरण गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कूल चार लाख ८४ हजार ४९८ जना आवेदक योग्य ठहरिएकामा जम्मा ५५ प्रतिशत आवेदकले मात्रै शेयर पाएका छन् । बाँकी ४५ प्रतिशत आवेदकले शेयर पाएएनन् ।

अजोड इन्स्योरेन्सको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कूल आवेदक मध्ये दुई लाख ७३ हजार जनाले प्रतिव्यक्ति १० कित्ताका दरले २७ लाख ३० हजार कित्ता शेयर पाएका छन् भने बाँकी २ लाख २९ हजार २९८ जना आवेदकले भरेको शेयर नपरेको हो । सा मध्ये केही अयोग्य छन् । १७ हजार ८०० वटा आवेदन विविध कारणले अयोग्य भएको कम्पनीले जनाएको छ । उनीहरुको खातामा पैसा फिर्ता हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले असार २५ देखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । कूल ३० लाख कित्ता निष्काशनमा ल्याइएकोमा १ लाख २० हजार कित्ता ९४५० कर्मचारीलाई र १ लाख ५० हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्टाइ बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गरिएको थियो ।

अजोड इन्स्योरेन्सको आईपिओको रिजल्ट हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोला ।

IPO Result

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS