IME Life New

अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा सोल्टीको होटलमा मनोरञ्जनात्मक साँझ हुँदै,काठमाडौंमा शाश्वत सिंह आउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटल समूहले इस्वी सम्वतको नयाँ वर्ष २०२५ लक्षित गर्दै आफ्नो चारवटै होटलमा नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। सोल्टी मोडस्थित द सोल्टी,चितवन पटिहानीस्थित सोल्टी वेष्टएण्ड रिसोर्ट,इटहरीको सोल्टी वेष्टएण्ड र नेपालगञ्जको सोल्टी वेष्टएण्ड प्रिमियरमा विशेष सा‌ंगितिक कार्यक्रम सहितको मनोरञ्जनात्मक साँझको आयोजना गर्ने घोषणा गरेको हो ।

होटलका अनुसार काठमाडौंमा नयाँ वर्षको पूर्व सन्ध्यामा मनोरञ्जनात्मक साँझ कार्यक्रमका लागि भारतीय कलाकार शाश्वत सि‌ंहलाई निम्त्याइँदैछ। मेगा मलहार ब्याङ्क्वेटमा आयोजना हुने कार्यक्रममा सीमित व्यक्तिलाई मात्र प्रवेश दिने तयारीका साथ होटलले अग्रिम बुकिङ खुल्ला गरेको छ। प्याकेज अन्तर्गत असीमित पेय, डिजे, बेलि डान्स, बफेट खाना, ताजा परिकार काउण्टरका साथै आकर्षक उपहार समेत आगन्तुकलाई दिइने होटलले जानकारी दिएको छ।

Esewa
Crest

यसैगरी सोल्टी वेष्टएण्ड प्रिमियर नेपालगञ्जमा कलाकार राजु लामा नेतृत्वको मङ्गोलियन हार्ट सा‌ंगितिक टोलीले नेपालगञ्जवासीलाई मनोरञ्जन पस्कनेछ। चितवनको पटिहानीस्थित सोल्टी रिसोर्टमा देव राणा, जेण्टल म्यान ब्याण्ड, नेपाल आइडल सिजन थ्रीकी मेघा श्रेष्ठ र ट्रक्सी ब्याण्डले नयाँ वर्षको पूर्व सन्ध्यामा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन्। इटहरी स्थित सोल्टी होटलमा गायक एड्रियन प्रधानले दर्शकहरुलाई सा‌ंगितिक साँझमा भरपुर मनोरञ्जन प्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS