IME Life New
GBIME

६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

जावालखेलमा आयोजित बाह्रौँगोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी पुष्प मेला सम्पन्न भएको छ । मेलामा ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् भने ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ ।

मेलामा तेस्रो दिनसम्ममा मात्र ३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्तमेलाको अन्तिम दिनआइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूलबिक्रीभएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।

Crest

प्रदेश नं ३को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको थियो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांकभन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।

मेलामा पहिलो दिन ९ हजार ५ सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा१६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार विदा परेका कारण १७हजारअवलोकनकर्ता पुगेको मेलामा२१ लाख रुपैंयाको कारोबार भएको थियो ।

चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि ६२ लाख रुपैंयाभन्दा बढीको कारोबार भएको हो ।

प्रदर्शनीमा ४५० भन्दा बढी जातकाफूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो । ‘रोपेर पूmल गोदावरी सजाआँै घर आँगनवरिपरि’भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका छन् ।

२०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्य स्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक गतआर्थिक वर्षको अन्त्यसम्ममा४३ जिल्लामा विस्तार भइसकेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS