IME Life New
GBIME

सिटिजन लाइफ इन्स्योरेन्सले पोखराको पृथ्वी चोकमा खोल्यो शाखा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको पृथ्वी चोकमा नयाँ शाखा विस्तार गरेको छ । शनिबार (असोज १३ गते) कम्पनीका ब्रान्ड एम्बेसेडर द्वय, मह जोडी श्री मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलज्यूले गण्डकी प्रदेशका माननिय सामाजिक विकास मन्त्री श्रीमती नरदेवी पुन मगरको प्रमुख आतिथ्यमा शाखाको समुद्घाटन भएको हो ।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले कम्पनीले हाल सम्म गरेको उपलब्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यकता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिएका थिए  ।

Crest

समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री कबि फूंयालले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका थिए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।
कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकवर्गलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कम्पनीले बीमा जागरण अभियान अन्र्तगत विद्यार्थी संग बीमा नामक अभियान देश व्यापी रुपमा चलाउदैं आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS