IME Life New
GBIME

सर्भेयरलाई जिम्मेवार बनाउँनु पर्छ–एमआई ग्रुपका अध्यक्ष प्रविन सुवेदीसँगको अन्तवार्ता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

प्रविन सुवेदी
अध्यक्ष, एमआई ग्रुप
अर्थमन्त्रायले नयाँ बीमा विद्येयक संसदमा प्रस्तुत गरेको छ । विद्येयकमा बीमा सर्भेयरको बीमा धेरै नयाँ व्यवस्थाहरु गरिएको छ । विद्येयकमा गरिएको व्यवस्था प्रति केही सर्भेयरहरु रुष्ट भएका छन् । उनीहरुले बीमा समितिले नियतबश हाल सर्भेयहरुलाई पलायन हुने गरी विद्येयकमा व्यवस्था गरेको आरोप लगाएका छन् । यसै बिषयमा लामो सयम देखि बीमा क्षेत्रमा काम गर्दै आएका एमआई सर्भेयर ग्रुपका अध्यक्ष प्रविन सुवेदीसँग इन्स्योरेन्स खबरकर्मी रिना खत्रीले गरेको कुराकानी :
नयाँ बीमा विधेयकमा सर्भेयरको विषयमा धेरै नयाँ व्यवस्था गरिएको छ । यस बिषयमा धारणा के छ ?
बीमा विद्येयकमा सर्भेयरको बिषयमा गरिएको व्यवस्था राम्रो छ । खासै सर्भेयरहरु निराश भै हाल्नु पर्ने अवस्था छैन । तर, नेपालमा सर्भेयरलाई अझै जिम्मेवार बनाईनुपर्छ । सरकारले बनाउने नीति नियम पनि सर्भेयरलाई जिम्मेवार बनाउने खालको आउनु परयो । सर्भेयरलाई बढी व्यवसायिक बनाउने हो भने संस्थागत रुपमा सर्भेयरले काम गर्ने वातावरण तयार गर्नुपर्छ ।
नयाँ विद्येयकमा एउटा सर्भेयरले एउटा मात्र बीमाको सर्भे गर्न पाउँने व्यवस्था गरेको छ । यसमा तपाईको भनाई के छ ?
विद्येयकमा गरिएको यो व्यवस्था पक्कै पनि राम्रो हो । कुनै पनि सर्भेयरले एक प्रकारको मात्रै बीमाको सर्भे परयो भने उसमा त्यस बिषयको दख्खल बढ्दै जान्छ । अर्को कुरा एउटा सर्भेयरलाई सबै बिषयमा ज्ञान पनि हुँदैन । उसले जुन बिषयमा योग्यता हासिल गरेको छ । त्यही बिषयमा मात्र ज्ञान हुन्छ । त्यसैले सर्भेयरलाई त्यहि बिषयको मात्रै बीमा गर्ने प्रावधान गराउन एकदमै ठिक छ ।
एउटा सर्भेयरले एकै पटकमा धेरै केश लिने तर समयमा नसक्ने प्रवृति छ भन्न बिमकहरुको गुनासो छ नि ।
यसको मुख्य कारण भनेको सर्भेयरहरुको सुचीकृत प्रक्रियामा भएको त्रुटी हो । नेपालमा सर्भेयरको लाईसेन्स लिएर बसेका सर्भेयरमध्ये १ सय जनाले मात्रै सर्भेयरको काम गर्छन् होला । अर्थात् कतिपय सर्भेयरलाई कामको फुर्सद छैन । कोही सर्भेयरले काम नै पाउँदैनन् । त्यसैले तपाईले भने जस्तो समस्या बजार छ होला । तर, मेरो हकमा भने यस्तो समस्या छैन । यदि कुनै सर्भेयरले काम लिन्छ र समयमा बुझाउँदैन भने कम्पनीले कारवाही गर्न सक्छ । कम्पनीलाई कारवाही गर्न कसले रोकेको छ र ? त्यसैले सर्भेयरको सुचीकरण र काम बाँडफाँड गर्ने प्रक्रियालाई व्यवस्थित बनाउँनु पर्छ ।
बीमा सर्भेयर मात्रै भएर काम गरी खाने सर्भेयर कति छन् नेपालमा ?

नेपालमा बीमा सर्भेयर मात्रै भएर जिविकोपार्जन गर्न कठिन छ । केही अपबाद बाहेक अधिकांश सर्भेयरहरुलाई पूर्ण रुपमा यसमा काम गरेर दैनिक गुजारा गर्न सम्भव छैन । त्यसैले अधिकांश बीमा सर्भेयरले मूल्यांकनको पनि काम गरेका हुन्छन् ।

Crest

बीमा सर्भेयरलाई बीमा कम्पनीले नै पारिश्रमिक दिएर सर्भे गर्न खटाउँछन्। तर, अधिकांश सर्भेयरले बीमितबाट पनि रकम असुल गर्छन् रे नि ।
अरुले के गर्छ त्यसको बारेमा म चाही जानकार छैन । तर मैले चाहि यस्तो कार्य गरेको छैन । म बाट यस्तो काम हुदैन । किनभने मैले यो पेशाा गरेको पनि १५ बर्ष भईसकेको छ र मलाई यो पेशालाई मर्यादित पनी बनाउनु छ । तर, केही यस्तो खालको घटना छ भने त्यसको कारण भनेको कम्पनीहरुले समयमा नै सर्भेयरको शुल्क भुक्तानी नगर्नु हो । कम्पनीहरुले बर्षोसम्म भुक्तानी रोकी दिन्छन् । जसका कारण सर्भेयरहरु अन्य यस्ता खालको काम गर्न प्रेरित भएको हुन सक्छ ।
बीमा सर्भेयरहरुको चुनौती के–के छन् ?
सर्भेयरको मुख्य चुनौती भनेको ठिक प्रक्रियासँग सुचीकरण नहुनु हो । कम्पनीले जसरी सर्भेयरको सुचीकरण गर्छन् त्यो प्रक्रिया गलत छ । जसका कारण कम्पनीले वितरण गर्ने काममा पनि समस्या छ । कतिपय सर्भेयरले कामका कारण फुर्सद नै पाउँदैनन् । कतिपय सर्भेयर काम नपाएर बस्नु परेको अवस्था छ । त्यसैले सुचीकरण गर्ने प्रक्रिया बैज्ञानिक हुनुपर्छ । यसमा समितिले नियमन गर्नुपर्छ ।
सर्भेयरलाई कसरी जिम्मेवारी बनाउन सकिन्छ त ?
सर्भेयर भनेको बीमा कम्पनीको मेरुदण्डको हो । सर्भेयर बिना बीमा सम्भव छैन । यो कुरा सम्बन्धित निकायले बुझनु जरुरी छ । यसका साथै सर्भेयर आफु पनि खुद बीमाको बिषयमा जानकार हुनुपर्छ । गलत काम गर्ने सर्भेयरलाई दण्ड र सजायको भागिदार बनाउँनु पर्छ । सर्भेयरलाई व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा विकास गर्ने रणनीति अपनाउँनु पर्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS