IME Life New

‘बिग अट्याक’ वा ‘ब्युटिफुल डिल’: इरानसँग के गर्दैछन् डोनाल्ड ट्रम्प ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव फेरि एकपटक बढ्दै गएको देखिन्छ।

इरानमाथि आक्रमण गर्ने धम्की दिएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारसम्ममा आक्रमण गर्ने घोषणा गरेका छन्। आक्रमणको कुरा गरिरहेका बेला ट्रम्लिे इरानसँग शान्ति सम्झौताको सम्भावना पनि खुला राखेका छन्। इरानको विरोधका बाबजुद ट्रम्पले इरानसँग राम्रो शान्ति सम्झौता हुन सक्ने दाबी गरे। उनले यसलाई ‘ब्युटिफुल डिल’को संज्ञा दिएका छन्।

Esewa
Crest

शनिबार अमेरिकी मध्यावधि चुनावमा आफ्नो मतदान गरेपछि ट्रम्पले फ्लोरिडामा पत्रकारहरुसँग कुरा गरे र इरानविरुद्ध सैन्य कारबाही र सम्झौताको सम्भावनालाई सम्बोधन गरे। यद्यपि, उनले अझै आफ्नो अन्तिम निर्णय स्पष्ट पारेका छैनन्।

इरानमाथि आक्रमणको सन्दर्भमा ट्रम्पले भने, ‘सायद भोलि म त्यो गर्न सक्ने सम्भावना छ। यो पनि सम्भव छ कि हामी राम्रो, ठूलो र अद्भुत सम्झौतामा पुग्न सक्छौं।’

गत शुक्रबार फ्लोरिडामा मध्यावधि चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही सुरु गर्न सक्ने बताए। ट्रम्पको चेतावनी अमेरिका र इजरायलले आफ्नो सैन्य कारबाही पुनः सुरु गर्न सक्ने खबरहरुका बीचमा आएको हो।

यसैबीच इरानले खाडीमा समुद्रमुनि सञ्चार केबलहरुलाई लक्षित गरिरहेको खबरहरु बाहिर आइरहेका छन्।

ट्रम्पले पश्चिम एसियामा तेहरानविरुद्ध ८ महिना लामो द्वन्द्वमा अमेरिकी सेनाको भूमिकाको पनि प्रशंसा गरे। ट्रम्पले अमेरिकी सेनाको कारबाही उत्कृष्ट भएको बताए। उनले भने, ‘अमेरिकी सेना र नौसेनाले राम्रो काम गरेका छन्।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS