IME Life New

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व स्तनपान सप्ताह सुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ । उद्देश्य आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइन थालिएको हो ।

यो वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं’ भन्ने रहेको छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आब्हान गर्दछ ।

Crest

यसै अवसरमा नेपाल मेडिकल कलेजमा पनि साताब्यापी कार्यक्रम राखिएको छ । कार्यक्रम सुरुगर्दै कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नवजात शिशु र आमालाई स्वस्थ राख्न स्तनपान महत्वपूर्ण भएको बताइन् । ‘स्तनपान आमा र शिशुको स्वास्थ्यको लागि ज्यादै नै महत्वपूर्ण छ । जबसम्म आमाले पौष्टिक आहार पाउँदैन तबसम्म स्तनपान गर्ने बच्चाले पनि पाउन सक्दैन ।’ विश्वका विकसित देशहरुमा कस्मेटिक्सका कारण स्तनपान नगराउने चलन रहेपनि नेपालमा भने स्तनपान गराउने धेरै रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक डा। सबिहाले भनिन् ।

शिशु जन्मने वित्तिकै उसलाई पोषण चाहिने र त्यो पोषण आमाको दुधबाट मात्र प्राप्त हुने बताउँदै डा. सबिहाले आमाको दुधमा शिशुको लागि अपरिहार्य रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति समेत रहेको जनाउँदै स्तनपानकै कारण आमा र बच्चाविच गहिरो माया बढ्ने बताइन् ।

यसका अलावा स्तनपानले स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम पनि घटाउने भएकोले प्रत्येक घरपरिवारले स्तनपानको महत्व दर्शाउनु पर्ने बताउँदै प्रबन्ध निर्देशक डा. सबिहाले नेपाल मेडिकल कलेजले नियमित रुपमा स्तनपानको महत्व बारे सचेतना दिने उल्लेख गरिन् ।

कार्यक्रममा कलेजका अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्याय, कार्यवाहक मेट्रोन शान्ति गुरुङले स्तनपानको महत्व बारे प्रकाश पारे । सो अवसरमा कलेजमा आएका सर्वसाधारणलाई पनि स्तनपानको महत्व बुझाइएको थियो ।

नवजात शिशुको प्रारम्भिक पोषण, विकास र रोग प्रतिरोधात्मक क्षमताको लागि स्तनपान अत्यन्त महत्वपूर्ण छ । आमालाई स्तनपान गराउन प्रेरित गर्ने र सहज बनाउने कुरालाई समाज र राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । स्वास्थ्यकर्मी, परिवार, कार्यस्थल र नीतिनिर्माताहरू सबैले मिलेर दीर्घकालीन रूपमा आमाहरूलाई स्तनपान गराउन सहज वातावरण बनाउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS