IME Life New

जीवन बीमालेख समर्पणबाट बाहिरिने रकम घट्दा व्यतितको उठ्न बाँकी रकम भने बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म जीवन बीमालेख समर्पण संख्या र समर्पणबापतको रकम दुवै घटेको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको पुससम्मको बीमा प्रतिविम्बअनुसार जीवन बीमालेख समर्पण संख्यामा ६.१३ प्रतिशतको गिरावट दर्ज भएको छ। यस अवधिसम्म ५१ हजार ७७ बीमालेख समर्पण गरिएका छन्। गत आर्थिक वर्ष २०८०।८१ को सोही अवधिसम्म बीमितले कुल ५४ हजार ४१४ बीमालेख समर्पण गरेका थिए।

Esewa
Crest

समर्पण संख्या घट्दा समर्पणबापतको भुक्तानी रकम पनि घटेको छ। गत आर्थिक वर्षको पुससम्ममा जीवन बीमकले समर्पणबापत कुल ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेका थिए। चालु वर्षको पुससम्म बीमितले ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ भुक्तानी लिएका छन्। अघिल्लो वर्षको तुलनामा समर्पण रकम २३.७७ प्रतिशतले घटेको छ।

प्राधिकरणका अनुसार नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेका जीवन बीमालेखको संख्यामा सामान्य वृद्धि देखिएको छ। अघिल्लो वर्षको पुससम्मको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेख संख्या ०.१७ प्रतिशत बढेको छ।

चालु वर्षको पहिलो ६ महिनामा १२ लाख ३१ हजार ६५५ वटा बीमालेख व्यतित भएका छन्। व्यतित बीमालेखको रकम ३७ अर्ब ८० करोड ७६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष पुससम्म व्यतित बीमालेखको रकम ३६ अर्ब १६ करोड ८९ लाख रुपैयाँ थियो। गत वर्ष यही अवधिसम्म १२ लाख २९ हजार ५०६ वटा बीमालेख व्यतित भएका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेखको उठ्न बाँकी ४.५३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS