काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। अन्य समूह सर्वाधिक ६.१८ प्रतिशतले बढ्दा बैंक र वित्त समूहमा सर्वाधिक समान ०.८२ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा ९८ कम्पनीको शेयरभाउ बढेको छ भने १७१ कम्पनीको घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार श्वेत–गंगा हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













