काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ४० अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ११ दशमलव ४८ प्रतिशतका दरले कमाएका हुन् । श्वेत गंगाका लगानीकर्ताले ८ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।













