काठमाडौं । सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट हटाउने निर्णय गरेको हो। बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन्द्र साहको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय पनि गरेको छ।
यसका साथै बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा मनोजकुमार केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ।












