IME Life New
GBIME

न्यूनतम ३०० रुपैयाँमै ५० लाखबराबरको कभरेज दिइरहेका छौँः शैलेन्द्र श्रेष्ठ

SPIL
Global College
Nepal Life

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक हुन्, शैलेन्द्र श्रेष्ठ । उनी कम्पनीको मार्केटिङ प्रमुखको भूमिकामा पनि छन्। रिलायबल नेपाल लाइफमा आबद्ध हुनुअघि श्रेष्ठ एसियन लाइफमा कार्यरत थिए। उनले एसियन लाइफमा ७ वर्ष काम गरे। त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर तहको उपाधि हासिल गरेका श्रेष्ठले नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीबाट आफ्नो करिअर सुरु गरेका थिए। त्यसपछि उनले एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्समा पनि काम गरे। बीमा क्षेत्रमा करिब २.५ दशकको कार्यानुभव बोकेका श्रेष्ठसँग इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः

कति वर्ष भयो बीमा क्षेत्रमा लाग्नुभएको ?

Crest

बीमा क्षेत्रमा लागेको झन्डै २६ वर्ष भयो।

बीमाका थुप्रै क्षेत्र छन्। तपाइँको मूल क्षेत्र कुन हो ?

पहिले मैले शाखाबाट सुरु गरेको हो। कुनै बीमा कम्पनीमा शाखामा काम गरें। बीमाको अन्डरराइटिङ, केही हदसम्म मार्केटिङका काम पनि गरेँ। मैले त्यसपछि अर्को बीमा कम्पनीमा फाइनान्स क्षेत्रमा पनि काम गरेँ। साथै, इन्भेस्टमेन्ट क्षेत्रतर्फ पनि लागेँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा म सुरुदेखि नै छु। यहाँ मैले विशेषगरी अन्डरराइटिङ र अकाउन्ट क्षेत्रमा म थिएँ। अहिले चाहिँ डेढ वर्षदेखि मार्केटिङ प्रमुखका रुपमा कार्यरत छु।

यो मार्केटिङ भनेको विशेषगरी बीमा पोलिसी तयार पार्ने र उनीहरुलाई ‘मोटिभेट’ गर्ने काम। तपाइँहरु कागजको खोस्टो दिएर पैसा उठाउनु हुन्छ। कत्तिको सहज छ, यो काम ?

एकदमै गाह्रो छ। भनिन्छ नि ‘टपेस्ट जब इन द वर्ल्ड’। विश्वमा सबैभन्दा गाह्रो के काम हो भने बीमा पोलिसी बिक्री गर्ने हो। किनभने हामीले बीमामा देखिने चिज दिँदैनौँ। हामीले ग्राहकलाई विश्वास दिने र त्यही बेच्ने भएका कारण पनि यो गाह्रो विषय हो।

मानिसहरु भन्छन्, कसैको घरमा बच्चा जन्मियो भने उसको ढोकामा ढकढक गर्न बीमा अभिकर्ता पुगिहाल्छन्। उनीहरुलाई पठाउने त तपाइँहरु नै हो। यो गर भनेर प्रेरित गर्न कत्तिको मुस्किल हुन्छ ?

साँच्चै मुस्किल छ। यो सेवामुखी व्यवसाय हो। साथै, हामीले बीमामा विश्वासमात्रै बेच्न सक्ने भएका कारण यो एकदमै मुस्किल काम हो। हामीले नदेखिने कुरा बिक्री गर्नुपर्छ। त्यसका लागि बीमा कम्पनीको प्रतिनिधिका रुपमा घरघरमा जानका लागि हाम्रो धेरै टिम हुन्छन्। झन्डै साढे तीन लाखजना फाइनान्सियल एडभाइजरहरु हुनुहुन्छ। उहाँहरु प्रत्येक व्यक्तिको घर–घरमा जान मुस्किल छ। बीमा व्यवसायमा सबैभन्दा चुनौतिको विषय नै यही हो।

तर, तपाइँहरुलाई एउटा आरोप पनि छ, बीमा पोलिसी बेच्ने ‘फोर्स सेलिङ’ हो। यो बेच्नका लागि एकदमै मेहनत गर्नुपर्छ। कहिलेकाहीँ जबरजस्ती नै गर्ने गरेको आरोप लाग्ने गरेको छ है ?

तपाइँ एकदमै महत्वपूर्ण विषयमा प्रवेश गर्नुभयो। हाम्रो व्यवसायको प्रकृति नै यस्तै हो। फोर्स सेलिङ नहुने हो भने यहाँ बीमा नै हुँदैन। नेपालमा फाइनान्सियल कल्चर, बचतको बानी, वित्तीय योजनाको संस्कृति नै छैन। भारतमै हेर्ने हो भने पनि बच्चा जन्मनेबित्तिकै बीमा गराउनुपर्छ। अथवा, पोर्टफोलियो म्यानेजमेन्ट गर्नुपर्छ। मुद्दति निक्षेप, शेयर, एसआईपीलगायतका क्षेत्रहरुमा बचत गर्नुपर्छ। बचतको र पोर्टफोलियो व्यवस्थापनको औजारका रुपमा बीमा पनि एउटा हो।

हामीले यो कार्यक्रम डिजाइन गर्ने बेलामा सुरक्षा, बचत र लगानीलाई प्राथमिकता दिएका छौँ, जुन कार्यक्रमको प्रोमोमा पनि देख्न सकिन्छ। तपाइँहरुको प्राथमिकता चाहिँ कहाँ–कहाँ कसरी छ ?

बीमामा सुरक्षामा विशेषताः आर्थिक सुरक्षा गछौं। सानो–सानो रकममा ठूलो–ठूलो जोखिम कभर हुन्छ। हामीले झन्डै ३ हजार ५००, ४ हजार रुपैयाँमा वैदेशिक रोजगारीमा जानेहरुको १४ लाख रुपैयाँको बीमा कभर गर्छौँ। त्यसले उहाँहरुको परिवारमा एकदमै राम्रो सहयोग गर्छ। अर्को बचत, यो यस्तो पोर्टफोलियो हो, जहाँ सानो–सानो रकम दिएर एउटा ठूलो पुँजी सिर्जना गर्न सकिन्छ। अहिले त अनलाइन सपिङ प्लेटफर्महरु पनि छ। यहाँ हामीले धेरे वस्तुहरु किनिरहेका हुन्छौँ। जसले गर्दा तपाइँको बचत छिटो छिटो सकिरहेको हुन्छ। त्यसकारण बीमामा ‘फोर्स सेभिङ’ गरियो भने त्यस्ता साना साना बचतले पछि सुरक्षाका साथै ठूलो पुँजीको सिर्जना गर्छ।

त्यसो भए त बैंकमा पैसा राख्दा पनि एक हदसम्मको बीमा कभरेज पाइन्छ। शेयरमा लगानी गर्छु भनियो भने पनि त्यहाँबाट लाभ लिन सकियो। उसले एसआईपीमा लगानी गर्न सक्ने सुविधा आइरहेको छ। विकल्प नै विकल्प भएको अहिलेको अवस्थामा बीमा नै किन गर्ने ?

अहिले नेपालीले धेरै ठाउँमा बचत गर्ने अवसर छन्। त्यसमध्ये जीवन बीमा सबैभन्दा उत्तम विकल्प हो। मुद्दति निक्षेप ब्याजदर उच्च भएको समयमा उचित रहन्छ। अहिले विशेषगरी वाणिज्य बैंकहरुले बीमालगायतका संस्थागत बचतकर्ताको मुद्दति निक्षेप नलिइरहेको अवस्था छ। हाम्रो मुद्रास्फीति दर नै ६ प्रतिशत हाराहारीमा रहेको बेलामा ३–३.५ प्रतिशतको ब्याजदरमा मुद्दति निक्षेपमा राखेर के गर्ने ? मुद्रास्फीतिलाई जित्ने ब्याजदर नहुँदा त्यस्ता मुद्दति निक्षेपमा वा अन्य लगानीका औजारमा नजानु नै उचित हुन्छ।

यस्तै, शेयर बजारको दोस्रो बजार निकै गतिशील छ। ससाना कुराले गर्दा यसलाई प्रभाव पर्ने र क्षणभरमै लाखौं गुम्ने समेतको अवस्था रहन्छ। प्रायः हामीजस्तो मध्यम वर्गका र रिटेलहरु ट्र्यापमा पर्छन्। शेयर बजारमा ५–१० प्रतिशतले मात्रै कमाउने हो। त्यसकारण आईपीओ बाहेक दोस्रो बजारमा जाँदा साना लगानीकर्तालाई एकदमै जोखिम छ। धेरैको पोर्टफोलियो हेर्दा अहिले पनि रातो नै छ। त्यसकारण यो सबैका लागि उपयुक्त हो जस्तो देखिँदैन।

अहिले फस्टाइरहेको एसआईपी, वाणिज्य बैंकहरुले निष्काशन गरिरहेका छन्। यो प्रडक्ट राम्रो छ। उहाँहरुले लगानी गर्ने भनेको शेयर बजारमा नै हो। त्यसको पनि कस्तो हुन्छ भन्ने हेर्न बाँकी नै छ। त्यसकारण अहिले सबैभन्दा राम्रो र सहज भनेको बीमा नै हो। बीमा कम्पनीका पोलिसीहरुले राम्रो प्रतिफल दिइरहेको छ।

तपाइँले यहाँ जे कुरा भन्नुभयो। यति नै वा योभन्दा अझै राम्रा कन्भिन्सिङ टुल्सहरु पठाउनुहुन्छ त आफ्ना अभिकर्तालाई ?

अहिले १४ वटा बीमा कम्पनी छन्। माइक्रो लाइफसहित १७ वटा जीवन बीमा कम्पनीहरु छौँ। त्यसकारण प्रतिस्पर्धामा सबै छौँ। त्यसकारण अरुभन्दा हाम्रो कम्पनी फरक हुनै पर्छ। त्यसकारण फरक हुन्छ नै।

तपाइँहरुलाई अर्को आरोप पनि छ, पोलिसी बिक्री गर्नुपूर्व बीमा अभिकर्ता जान्छन्। ‘तल–माथि भइस् भने तेरा सन्तानले पैसा पाउँछन्’ भनेर नकारात्मक कुरा गरेर पोलिसी बेच्न सुरु गर्छन् भन्ने।

हाम्रो व्यवसायको प्रकृति त्यो पनि हो। तर, हामीले कन्भिन्सिङ गर्ने बाटो त्यो पनि हो। तर, अहिले पैसा पाउनलाई बीमितको मृत्यु हुनैपर्छ भन्ने छैन। अहिले घातक रोगको बीमा सुविधा, दुर्घटना भएर अस्पतालमा बस्नुपर्ने अवस्थामा रकम भुक्तानी गर्नेलगायतका विभिन्न किसिमका लाभ बीमितले पाउँछन्। त्यसकारण अहिले त्यसैगरी भन्नुपर्दैन। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि यही किसिमले अगाडि बढिरहेको छ।

कस्ता–कस्ता प्रडक्ट बेच्नुहुन्छ तपाइँहरु ?

हामीले विशेषगरी बीमा क्षेत्रमा तीनवटा सावधिक, आजीवन र टर्म इन्स्योरेन्स छ। त्यसमध्ये पनि थप ऐच्छिक सुविधा राइडर भनेर दिएका छौँ। अरु त उस्तै–उस्तै छन्। ऐच्छिक सुविधामा केही गरेर दुर्घटनाका कारण अस्पताल भर्ना भएमा अरुमा भन्दा हाम्रोमा राम्रो रकम दिन्छौँ। साथै, न्यूनतम ३०० रुपैयाँमा ५० लाख रुपैयाँबराबरको कभरेज छ। त्यसले रिलायबल लायन्स इस्योरेन्समा यी प्रडक्टमा आकर्षण पनि छ। हाम्रा बीमित, एजेन्सी र शाखा प्रवन्धकहरुले यी सुविधा रुचाएका छन्।

तपाइँहरुको अन्यको भन्दा फरक फिचर के–कस्ता छन् ?

हामीसँग ‘हस्पिटलाइज क्यास बेनिफिट’ छ। जुन अरु कम्पनीमा छैन। हाम्रोमा यो फिचर राम्रो छ। नेपाल बीमा प्राधिकरणले घातक रोगका लागि नयाँ व्यवस्था गरेको छ। त्यसमा हामीले २९ वटा घातक रोगको कभरेज गर्ने बीमा योजना ल्याउँदैछौँ। हाम्रोमा रिटर्न अफ प्रिमियम पनि अन्य कम्पनीको भन्दा राम्रो छ। कति लगानीको रिटर्न कति छ भन्ने हेर्नका लागि हाम्रो बोनस पनि राम्रो नै छ। जसकारण बीमितले रुचाइरहनु भएको छ।

आजका दिनमा बीमितले तपाइँहरुसँग भएकामध्ये कुन प्रडक्ट सर्वाधिक रुचाउनुभएको छ ?

हामीसँग भएकामध्ये बालबालिकाका पोलिसी बढी बिक्री भइरहेको छ। साथसाथै ‘मनी ब्याक’ का पोलिसी रुचाइएका छन्। १ करोड रुपैयाँको बीमा गराउँदा पहिलो वर्ष ७ लाख ५० हजार रुपैयाँ, दोस्रो वर्ष मनी ब्याक भएर जम्मा २ लाख ५० हजार रुपैयाँमा बीमा हुन्छ। यस्तै टर्म प्रडक्ट पनि लोकप्रिय नै छ। सावधिक बीमामा पनि नागरिकको रुचि बढी नै देखिन्छ।

अहिले त अभिकर्ताले कम्पनी छान्नुपर्छ। माइक्रो जता पनि जान पायो। तपाइँहरुको भने अभिकर्ताको आधार नम्बरमा र क्षमतामा ?

अहिले राम्रो भएर आएको छ। बीमा प्राधिकरणले यो राम्रो प्रचलनको सुरुआत गरेको छ, एक अभिकर्ता एक बीमक। यसले एउटा कम्पनीमा काम गर्ने अभिकर्ता थप व्यावसायिक हुने मद्दत गर्छ। किनभने एकजनासँग तीन चार वटा कम्पनीको लाइसेन्स हुने हो भने त यता सहज भएको बेला यता राख्ने, अर्कोमा सहज हुँदा अर्कोमा राख्ने अवस्था सिर्जना हुन्छ। एउटा अभिकर्ताले एउटा मात्रै अभिकर्ता छान्न पाउँदा थप व्यवस्थित र व्यावसायिक बन्ने अवस्था रहन्छ। हामीले अभिकर्तालाई हरेक त्रैमासमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिइरहेका हुन्छौँ।

एउटा अभिकर्ताले एउटा बीमा कम्पनीका प्रडक्ट बेचेर आफ्नो आर्थिक भविष्य सुनिश्चित गर्ने अवस्था छ ?

नेपालमा यसको सम्भावना बढ्दो छ। नेपालमा बीमा क्षेत्रमा लागेर १४ वर्षमा ६४ करोड रुपैयाँ कमाएको उदाहरण छ। शिक्षकबाट सेवा निवृत्त भइसकेपश्चात बीमामा लाग्दा धेरैले लाभ पाउनुभएको छ। नेपालमा बसेर ‘लिगल मनी’ कमाउने राम्रो व्यवसाय हो यो।

मुलुकको अर्थतन्त्रको गतिले जीवन बीमा कम्पनीलाई कत्तिको प्रभाव पार्छ ?

धेरै प्रभाव पार्छ। हामीकहाँ जीवन बीमा गर्ने प्राथमिकता धेरै कममा छ। पहिलो प्राथमिकता गाँस, बास र कपासमै हो। त्यसपछि बचत, त्यसमा पनि बीमा हो। त्यसकारण पहिले गाँस, बास र कपासमै समस्या छ भने बीमा व्यवसाय बढ्ने अवस्था रहँदैन। त्यसकारण मुलुकको आर्थिक गतिविधि सुस्त छ भने बीमा व्यवसाय पनि सुस्त रहन्छ।

रेमिट्यान्सबाट आएको यति ठूलो रकम बैंकमा थुप्रिएको छ। नागरिकको हातमा पैसा हुनु आजको दिनमा तपाइँहरुका लागि अवसर हो ?

हो। हामीले मलेसिया तथा दुबई भ्रमण गर्यौं। त्यसमा सकारात्मक रेस्पोन्स आएको छ। जो वैदेशिक रोजगारीका लागि जानुभएको छ, उहाँहरुले आर्जन गरेको पैसा विलासितामा नजानका लागि बीमामा उहाँहरुलाई समेट्ने प्रयास गरिरहेका छौँ। हामी उहीँ पुगेर विदेशमा पनि बीमा व्यवसाय बढाउनका लागि कामहरु गरिरहेका छौँ।

तपाइँहरुसँग त्यस्तो कुनै प्रडक्ट छ, जुन चाहिँ ५ वर्ष खाडी मुलुकमा काम गरेर ५० लाख रुपैयाँ कमाउने एउटा नेपालीका लागि उपयुक्त हुने किसिमको ?

६, १०, १५ र २० वर्षका लागि जोखिम कभर हुने तर ५ वर्ष मात्रै प्रिमियम तिर्नुपर्ने किसिमको बीमा छ। आय भएको, प्रायः ५ वर्षका लागि रोजगारीका लागि जाने भएकाले त्यस किसिमको प्रडक्ट छ। हामीले त्यस्तो बीमा गराउँदै आएका छौँ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS