IME Life New

अप्पर स्याङ्गे हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको चप्पल कारखानास्थित कुण्डलिनी दरबार ब्यांक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गरी सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट र संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुका तर्फ प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ २३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS