IME Life New

गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिमा दुई सदस्य चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिमा दुई जना सदस्य चयन गरिएको छ।

गत फागुन २१ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकतवमा सिफारिस समिति गठन गरेको थियो। सोही समितिमा विजनाथ भट्टराई र डा विश्व पौडेललाई सदस्यमा चयन गरिएको अर्थ मन्त्रालय स्रोत बताउँछ।

Esewa
Crest

भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञका रुपमा परिचित छन्। भट्टराई र पौडेल दुवै कांग्रेसनिकट मानिन्छन्।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत २५ गतेबाट सकिँदैछ। अधिकारी पुनः गभर्नरमा दोहोरिने निकै चर्चा थियो। तर, अधिकारीले ल्याएका नीतिहरुबाट उद्योगी, व्यापारी तथा शेयर बजारका लगानीकर्ता रुष्ट बनेका छन्। सोही कारणले अधिकारी आफैँ आफू गभर्नरमा दोहोरिन नचाहेको सार्वजनिक कार्यक्रमहरुमै भन्दै आएका थिए।

राष्ट्र बैंकको गभर्नर बन्न हाल एक दर्जनभन्दा बढीको नाम चर्चा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS