काठमाडौं । लम्जुङ्गकी तुलसी पौडेलले आफ्नो जन्मदिनलाई एकदमै विशेष र प्रेरणादायी तरिकाले मनाएकी छन् । उनले जन्मदिनको अवसरमा आफ्ना छोरा–छोरीहरूको भविष्य सुरक्षित बनाउन र आफ्नै जीवनमा पनि आर्थिक सुरक्षाको आधार तयार गर्न ३ वटा बीमा योजना खरिद गरेकी छन् । उनले लिबर्टी माइक्रो लाइफ कम्पनी मार्फत बीमा पोलिसी लिएकी हुन् ।
उनले भनिन, ‘आजको परिवेशमा जहाँ भविष्य अनिश्चित छ, बीमा केवल एउटा योजना होइन जीवनको सुरक्षा कवच हो । जसले सङ्कटका क्षणमा साथ दिन्छ र परिवारलाई आत्मविश्वासका साथ अघि बढ्न मद्दत गर्छ।’
पौडेलले जन्मदिनलाई केवल उत्सवको रूपमा नभई भविष्यप्रति जिम्मेवारीको प्रतीकका रूपमा मनाएकोमा यो कदम साँच्चिकै सराहनीय रहेको कम्पनीको भनाई छ।

















