IME Life New

म्यादी र वैदेशिक रोजगार बीमा बिक्री बढ्दा ३२% ले बढ्यो बीमालेख संख्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीले जारी गरेका कुल बीमालेखको संख्या ३२.५४ प्रतिशत बढेको छ।

गत आर्थिक वर्ष २०८१\८२ को कार्तिक मसान्तसम्मको तुलनामा चालू  आर्थिक वर्ष २०८२\८३ को कार्तिक मसान्तसम्मा यो वृद्धि दर्ज भएको हो।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका अनुसार, जारी बीमालेख संख्या बढ्नुमा लघु, म्यादी र वैदेशिक रोजगारी म्यादी बीमालेखको उल्लेख्य योगदान देखिएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार, कुल जारी जीवन बीमालेख संख्या चालू आर्थिक वर्ष २०८२\८३ को कार्तिक मसान्तसम्मा २४ लाख २९ हजार ४७ पुगेको छ। यसमध्ये म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७७ लाख ४० हजार ५२२ र वैदेशिक रोजगार बीमालेख संख्या २१ लाख ६८ हजार ५५ रहेको छ। बाँकी सावधिक प्रकृतीका बीमालेख हुन् ।

समिक्षा अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या २७.५१ र वैदेशिक रोजगार बीमालेख संख्या १२.६९ प्रतिशतले वृद्धि भएको छ।

गत आवको कार्तिक मसान्तसम्ममा कुल बीमालेख संख्या जम्मा १८ लाख ३२ हजार ६७६ थियो। यसमध्ये म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६० लाख ७० हजार  ७५५ र वैदेशिक रोजगार बीमालेख संख्या २१ लाख ६८ हजार ५५ रहेको थिए।

समिक्षा अवधिमा सकृय बीमालेख संख्या पनि १६.३६ प्रतिशत वृद्धि भएर १ करोड ३८ लाख  ४ हजार ६४७ बाट १ करोड ६० लाख ६३ हजार ४७८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS