IME Life New

सान्भी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सान्भी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज जेठ ९ गतेदेखि आइपीओ जारी गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओ बाँडफाँट गरिसकेको छ।

कम्पनीले सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गरेको हो ।

Esewa
Crest

यो आइपीओमा सर्वसाधारण न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS