काठमाडौं । आज नेप्से परिसूचक २६ दशमलव ७२ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ । आज ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ५ अर्ब ६१ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













