IME Life New

रिभर फल्स पावरको सवा ४३ लाख कित्ता शेयरको लकइन अवधि आजबाट सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । रिभर फल्स पावरको सवा ४३ लाख कित्ता कित्ता शेयरको लकइन अवधि आज जेठ ८ गतेबाट सकिने भएको छ। कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन आजबाट सकिन लागेको हो।

जसमा संस्थापक शेयरधनीको ३५ लाख ७० हजार कित्ता, आयोजना प्रभावित स्थानीको ७ लाख कित्ता र कर्मचारीको ५४ हजार ६०० कित्ता रहेको छ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि २०७९ वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट २०७९ जेठ ९ गते भएको थियो।

नियामकीय प्रावधानअनुसार सर्वसाधारणमा जारी आइपीओको बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइन राख्नुपर्छ। त्यसपछि मात्र यी समूहको शेयरको लकइन खुल्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS