काठमाडौं । अबको एक दशकमा वैश्विक नवीकरणीय ऊर्जा बीमा बजार २८ अर्ब अमेरिकी डलरको हुने प्रक्षेपण गरिएको छ।
मार्केट रिसर्च फ्युचरको प्रक्षेपणअनुसार सन् २०३४ सम्म विश्वको नवीकरणीय ऊर्जा बीमाको बजार २८ अर्ब डलर पुग्नेछ। यो चक्रवृद्धि वार्षिक वृद्धिदर ४.२२ प्रतिशतले सम्भव हुनेछ।
सन् २०२४ मा वैश्विक नवीकरण ऊर्जा बीमाको बजार १८ अर्ब ६० करोड डलर पुगेको छ। नवीकरणीय ऊर्जा पूर्वाधारमा बढ्दो लगानी, पहाडी भूबनोट र जलवायु परिवर्तनको जोखिम र स्वच्छ ऊर्जा योजनाको बीमा अनिवार्यसम्बन्धी नियमनकारी निकायहरुको प्रावधानले नवीकरणीय ऊर्जा बीमाको बजार बढिरहेको मार्केट रिसर्चको प्रतिवेदनमा उल्लेख छ।
विश्वमा वायु, सोलार र हाइड्रोपावर आयोजनाको विकास उच्च गतिमा बढिरहेको छ। योसँगै आयोजना निर्माणमा ढिलाइ, उपकरणहरु बिग्रिनु वा काम नलाग्नु र व्यापार अवरोधका कारण नवीकरणीय ऊर्जा बीमाको बजार बढिरहेको छ।

















