IME Life New

अबको एक दशकमा वैश्विक नवीकरणीय ऊर्जा बीमा बजार २८ अर्ब डलरको पुग्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबको एक दशकमा वैश्विक नवीकरणीय ऊर्जा बीमा बजार २८ अर्ब अमेरिकी डलरको हुने प्रक्षेपण गरिएको छ।

मार्केट रिसर्च फ्युचरको प्रक्षेपणअनुसार सन् २०३४ सम्म विश्वको नवीकरणीय ऊर्जा बीमाको बजार २८ अर्ब डलर पुग्नेछ। यो चक्रवृद्धि वार्षिक वृद्धिदर ४.२२ प्रतिशतले सम्भव हुनेछ।

Esewa
Crest

सन् २०२४ मा वैश्विक नवीकरण ऊर्जा बीमाको बजार १८ अर्ब ६० करोड डलर पुगेको छ। नवीकरणीय ऊर्जा पूर्वाधारमा बढ्दो लगानी, पहाडी भूबनोट र जलवायु परिवर्तनको जोखिम र स्वच्छ ऊर्जा योजनाको बीमा अनिवार्यसम्बन्धी नियमनकारी निकायहरुको प्रावधानले नवीकरणीय ऊर्जा बीमाको बजार बढिरहेको मार्केट रिसर्चको प्रतिवेदनमा उल्लेख छ।

विश्वमा वायु, सोलार र हाइड्रोपावर आयोजनाको विकास उच्च गतिमा बढिरहेको छ। योसँगै आयोजना निर्माणमा ढिलाइ, उपकरणहरु बिग्रिनु वा काम नलाग्नु र व्यापार अवरोधका कारण नवीकरणीय ऊर्जा बीमाको बजार बढिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS