IME Life New

आगामी दशकमा एसियाले जीवन बीमाशुल्क वृद्धिको आधाभन्दा बढी हिस्सा ओगट्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दीर्घकालीन रुपमा आगामी दशकमा एसियाले जीवन बीमा शुल्क वृद्धिको आधाभन्दा बढी हिस्सा ओगट्ने अनुमान गरिएको छ।

एलायन्ज ग्रुपले मे २०२५ मा प्रकाशन गरेको ग्लोबल इन्स्योरेन्स रिपोर्ट २०२५ राइजिङ डिमाण्ड फर प्रोटेक्शन प्रतिवेदनका अनुसार उदीयमान बजारका रुपमा रहेको एसियाली महादेशमा दीर्घकालीन वित्तीय सुरक्षाको मागसँगै जीवन बीमाशुल्क वृद्धिको महत्वपूर्ण हिस्सा ओगट्ने भएको हो।

Esewa
Crest

प्रतिवेदनका अनुसार सन् २०२४ मा बीमा बजार ८.६ ले बढेर कुल युरो ७ ट्रिलियन (खर्ब) बीमाशुल्क संकलन भएको देखिन्छ । कुल गार्हस्थ उत्पादनमा बीमाशुल्कको अनुपात सन् २०२२मा ७.१ प्रतिशत रहेकोमा सन् २०२४ मा ७.४ प्रतिशत कायम भएको छ।

विश्वव्यापी रुपमा सम्पत्ति तथा दायित्व बीमा ७.७ प्रतिशतले बढ्दा एसियाली बजारमा ४ प्रतिशतले मात्र बढेको छ र यसले पश्चिमी युरोप र अन्य क्षेत्रभन्दा एसियाली बजारमा सम्पत्ति तथा दायित्व बीमाको बजार अझै विस्तार गर्नुपर्ने देखिन्छ। त्यसैगरी सन् २०२४ मा समग्रमा जीवन बीमा बजार १०.४ प्रतिशतले वृद्धि भएको देखिन्छ।

जीवन बीमातर्फ उत्तरी अमेरिकाको १४.४ प्रतिशत र चीन १५.४ प्रतिशतको उल्लेखनीय वृद्धिले समग्रमा विश्व जीवन बीमा बजारमा वृद्धि भएको पाइएको छ।

स्वास्थ्य बीमातर्फ अमेरिकाले विश्व बीमाशुल्क आम्दानीको दुई तिहाइ हिस्सा ओगटिरहेको छ। एसियाली बीमा बजारमा पनि सन् २०२४ मा स्वास्थ्य बीमा १२.६ प्रतिशतले बढेको देखिन्छ।

बीमाको यो समग्र वृद्धि र परिवर्तनशील वातावरणले बीमा क्षेत्रले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट रुपमा देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS