IME Life New

दुई कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई कम्पनीको साधारण सभा आज मंसिर २६ गते हुँदैछ । आज शुभम पावर कम्पनी र सगरमाथा जलविद्युत कम्पनीको साधारण सभा हुँदैछ ।

शुभम पावर लिमिटेडले आज मंसिर २६ एघारौँ वार्षिक साधारणसभा गर्दैछ । सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा दिउँसो साढे १२ बजे गर्ने जनाएको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

Esewa
Crest

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र सञ्चालक समितिको भत्ता, सेवा सुविधा लगायतका प्रस्तावहरू पनि सभाले पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

त्यस्तै, सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले कम्पनीको कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक निुयक्त गर्ने, संस्थागत जमानी सम्बन्धमा, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गरेको थियो । यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS