IME Life New

टाटा ग्रुपले भारतमै जडान गर्न थाल्यो एयर बसका हेलिकप्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बहुर्राष्ट्रिय कम्पनी टाटा ग्रुपले फ्रान्सेली विमान उत्पादक कम्पनी एयर बसको हेलिकप्टर जडान उद्योग भारतमै सञ्चालनमा ल्याएको छ।

कर्णाटक राज्यको भेमागलमा यो उद्योग स्थापना गरिएको छ। भेमागल सुविधाले सिभिल एच१२५ हेलिकप्टरको पार्टपूर्जा ल्याएर जडान गर्नेछ। पछि यसको सैन्य संस्करण, एच१२५ एम उत्पादन गर्न सक्छ। यो उद्योगले स्थानीय वायू सेवा सञ्चालकहरूलाई स्वदेशभित्रै मर्मत सुविधाको साथ उन्नत प्रविधिमा पहुँच सुनिश्चित गर्छ।

Esewa
Crest

यसको उच्च-उचाइ प्रदर्शनको लागि परिचित, एच१२५ सर्वोच्च शिखर सगरमाथामा अवतरण गर्ने एक मात्र हेलिकप्टर हो । यो विश्वको सबैभन्दा धेरै बिक्री हुने एकल-इन्जिन हेलिकप्टर हो। विश्वव्यापी रूपमा ४ करोड भन्दा बढी उडान घण्टाको साथ, र भारत र दक्षिण एशियाभरि व्यापक रूपमा प्रयोग हुँदै अाएको छ।

भारतमा जडान गरिएको पहिलो एच१२५ सन् २०२७ को शुरूमा डेलिभर हुने अपेक्षा गरिएको छ।र दक्षिण एसियाली क्षेत्र भित्र निर्यातको लागि पनि उपलब्ध हुनेछ।

एयरबसले हाल भारतबाट वार्षिक १.५ अर्ब अमेरिकी डलर भन्दा बढी मूल्यका पार्टपूर्जा, उपकरण र सेवाहरू खरिद गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS