काठमाडौं । निर्जीवन बीमक प्रभु इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा समिर तामाङ नियुक्त भएका छन् । उनी यसअघि प्रभू इन्स्योरेन्सको सहायक महाप्रबन्धक थिए ।
तामाङ, सहायक महाप्रबन्धक भएपनि २०८१ असार महिना देखि नै नायब प्रमुख कार्यकारी अधिकृत तहको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले इन्स्योरेन्समा बजार विभागको प्रमुखका रूपमा काम गर्दै आएका छन् । तामाङसँग बीमा क्षेत्रमा २८ वर्ष लामो अनुभव छ।