IME Life New

अन्ततः युलेन्स स्कुलबाट बाहिरिइन् आरजु देउवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युलेन्स स्कुललाइ नेपाली अभिभावक माझ सम्भ्रान्त परिवारको विद्यालयका रूपमा स्थापित गर्न मद्दत गरेकी डा. आरजु राणा देउवाले स्कुलको व्यवस्थापन समिति अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्।

निवर्तमान परराष्ट्रमन्त्री देउवाको समेत लगानी रहेको दुष्प्रचारका कारण गत भदाै २४ भएको आक्रमण र आगजनीले युलेन्सका बुढानिलकण्ठ र धापाखेल दुबै तिरका विद्यालय पूर्णरूपमा नष्ट भएका छन्।

Esewa
Crest

व्यवस्थापन समितिको बैठकमा उनले राजीनामा दिएको विद्यालय प्रशासनले जानकारी दिएको छ।

अब विद्यालयलाइ राजनीतिक आवरणबाट मुक्त राख्नका लागि अभिभावकहरूले विद्यार्थीका अभिभावकको संलग्नतामा ट्रष्टी छान्ने सहमति भएको छ।

विद्यालयको बस, भाैतिक पूर्वाधार सबै आगलागीमा नष्ट भएपछि अहिले विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालनलाई निरन्तरता दिएको छ।

विद्यालयले बुधबार विज्ञप्ति जारी गर्दै युलेन्स फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले शिक्षा ऐनको प्रावधान अन्तर्गत देउवालाई विद्यालय व्यवस्थापन समितिमा नियुक्ति गरेको थियो । व्यवस्थापन समितिको अध्यक्ष बाहेक अन्य कुनै पनि संलग्नता नरहेको र विद्यालयको सञ्चालन र स्वामित्व दुबै युलेन्स एजुकेशन फाउन्डेशन अन्तर्गत रहेको छ।

युलेन्सले भनेको विज्ञप्तिमार्फत भनेको छ ‘अफवाह फैलाइयो । डा. देउवाले यो दुष्प्रचारको पटकपटक खण्डन पनि गर्नुभयो, तर सञ्चारजगत्, नागरिक समाज, तालुकदार निकाय, समुदाय सबैले यो अफवाहको तेज यात्रालाई देखेर पनि नदेखेझैं गरे, जसको शिकार आज युलेन्स भएको छ । जस–जसले युलेन्सविरुद्ध भ्रम, अफवाह र दुष्प्रचार फैलाए, ती सबैलाई हाम्रो चुनौती छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

29%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS