काठमाडौं । स्विस रिले जोखिम व्यवस्थापनमा अनुभवी मानिएका बिर्नहार्ड काउफम्यानलाई कम्पनीमा भित्र्याउने भएको छ।
स्विस रिले काउफम्यानलाई कम्पनीको ग्रुप चिफ रिस्क अफिसरका रुपमा भित्र्याउन लागेको हो। उनको नियुक्ति आउँदो अक्टोबर १ बाट लागू हुने कम्पनीले जनाएको छ। काउफम्यानले हालका प्याट्रिक राफलाउबलाई प्रतिस्थापन गर्नेछन्।
काउफम्यानसँग बीमा र पुनर्बीमा कम्पनीमा चिफ रिस्क अफिसरका रुपमा १७ वर्ष काम गरेको अनुभव रहेको छ। हाल उनी हेलभेटियामा ग्रुप चिफ रिस्क अफिसरका रुपमा कार्यरत छन्। यसअघि उनले सोही पदमा रही एनएन ग्रुपमा काम गरेका थिए।
त्यसअघि काउफम्यानले म्युनिख रि ग्रुपमा ग्रुप चिफ रिस्क अफिसरका रुपमा कार्यरत थिए। उनले म्युनिखस्थि टेक्निकल युनिभर्सिटीबाट फिजिक्समा विद्यावारिधि उपाधि हासिल गरेका छन्। –एजेन्सी

















