काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने घोषणा गरेको हो।
कम्पनकिो माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। सो बैठकले बोनश शेयरको कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
कम्पनकिो प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
बोनस शेयर वितरणपश्चात कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।
1770128803898












