IME Life New

दीर्घकालीन दृष्टिकोणले मिल्नेछ सफलता, चलचित्र ‘मिसन इम्पोसिबल’बाट सिकौँ लगानी व्यवस्थापनका यी ६ पाठ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। हालै रिलिज भएको हलिउड स्टार टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबलः द फाइनल रेकनिङ’लाई दर्शकले धेरै मन पराइरहेका छन्। यो मिसन इम्पोसिबल शृंखलाको आठौँ फिल्म हो। तर, के तपाइँलाई थाहा छ यो एक्सनले भरिपूर्ण चलचित्रले मनोरञ्जनमात्र दिँदैन तपाइँको आर्थिक जीवनका लागि केही महत्त्वपूर्ण पाठ पनि दिन्छ। यसरी ६ बुँदामा बुझौँ।

योजनाः रणनीतिबाट कमाइन्छ पैसा

Crest

फिल्ममा इथान हन्ट र उनको टोली– लुथर (भिङ राम्स), बेन्जी (साइमन पेग), र नयाँ सदस्य ग्रेस (हेली एटवेल)– ‘द एन्टिटी’लाई हराउन एक जटिल योजना बनाउँछन्। हरेक कदम सोचविचार गरेर लिइन्छ र हरेक जोखिमको मूल्यांकन गरिन्छ। वित्तीय संसारमा पनि यही रणनीतिले काम गर्छ। तपाइँ अवकाशका लागि बचत गर्दै हुनुहुन्छ वा घर किन्ने योजनामा हुनुहुन्छ भने ठोस योजना बनाउनु महत्त्वपूर्ण छ।

पाठः आफ्नो वित्तीय लक्ष्यहरुलाई साना भागमा विभाजन गर्नुहोस्। उदाहरणका लागि यदि तपाइँ १० वर्षमा ५० लाख रुपैयाँ बचत गर्न चाहनुहुन्छ भने तपाइँले प्रत्येक महिना कति रकम लगानी गर्नुपर्नेछ भनेर गणना गर्नुहोस्। म्युचुअल फन्ड, एसआईपी वा फिक्स्ड डिपोजिटजस्ता विकल्पको अध्ययन गर्नुहोस् र आफ्नो जोखिम सहनशीलताका आधारमा लगानी छनौट गर्नुहोस्। जसरी इथानले आफ्नो टोलीसँग मिलेर प्रत्येक अभियानको सावधानीपूर्वक योजना बनाउँछन्, त्यसरी नै तपाइँले पनि आफ्नो आर्थिक भविष्यका लागि रणनीति बनाउनुपर्छ।

विश्वास: वित्तीय सल्लाहकारलाई विश्वास गर्नुहोस्

इथानले आफ्नो टोलीलाई बारम्बार भन्छन्, ‘मलाई विश्वास गर।’ यो विश्वासले उनीहरुलाई लक्ष्य पूरा गर्न मद्दत गर्छ। वित्तीय व्यवस्थापनमा पनि एक विश्वसनीय वित्तीय सल्लाहकार वा मुद्रा प्रबन्धक तपाइँको सफलताको कुञ्जी हुन सक्छ।

पाठः इन्टरनेटमा उपलब्ध जानकारीका आधारमा आफ्नो लगानी निर्णय नगर्नुहोस्। आजकल सामाजिक सञ्जाल र वेबसाइटहरुमा धेरै गलत वा भ्रामक जानकारी उपलब्ध छ। जसले तपाइँलाई गलत दिशामा लैजान सक्छ। प्रमाणित वित्तीय सल्लाहकार अनिवार्य छ।

गलत जानकारीः ‘द इन्टिटी’ जस्ता भ्रामक जानकारीबाट सावधान रहनुहोस्

फिल्ममा ‘द एन्टिटी’ एक एआई हो। जसले गलत सूचना सिर्जना गर्छ र मानिसहरुलाई आपसमा झगडा गराउँछ। जसले गर्दा विश्वास टुट्छ। आजको डिजिटल संसारमा पनि गलत वित्तीय सल्लाह र घोटालाहरुको प्रशस्तता छ। त्यसैले सावधान रहनु महत्त्वपूर्ण छ।

पाठः ह्वाट्सएप ग्रुप, युट्युब भिडियो वा सामाजिक सञ्जालहरुमा ‘छिटो धनी बन्नुहोस्’ योजनाहरुबाट सावधान रहनुहोस्। उदाहरणका लागि क्रिप्टोकरेन्सी वा शेयर बजारमा ‘ग्यारेन्टी गरिएको प्रतिफल’ दिने योजनाहरु प्रायः धोखाधडीपूर्ण हुन्छन्। लगानी गर्नुअघि कम्पनीको विश्वसनीयता, नियामक स्वीकृति (जस्तै नेपाल राष्ट्र बैंक वा धितोपत्र बोर्ड) र प्रतिफल जोखिमहरु जाँच गर्नुहोस्। आफ्नो पैसा स्वचालन मोडमा नछोड्नुहोस् (जस्तै केही ट्रेडिङ एपहरु)। बरु हरेक लगानी बुद्धिमानीपूर्वक गर्नुहोस्।

जोखिम व्यवस्थापनः प्रत्येक मिसनमा ब्याकअप योजना राख्नुहोस्

इथान हन्टको टोलीले प्रत्येक मिसनका लागि धेरै ब्याकअप योजनाहरु बनाउँछ। यदि योजना ए असफल भयो भने योजना बी र सी तयार राख्नुपर्छ। फिल्ममा जब स्रोत कोड निष्क्रिय पार्ने द एन्टिटीको योजना खतरामा पर्छ तब लुथर र बेन्जीले तुरुन्तै नयाँ रणनीति अपनाउँछन्। वित्तीय व्यवस्थापनमा पनि ब्याकअप योजना आवश्यक छ। अर्थात्, जोखिम व्यवस्थापन आवश्यक छ।

पाठः आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्नुहोस्। आफ्नो सबै पैसा एउटै स्टक, म्युचुअल फन्ड वा घरजग्गामा लगानी नगर्नुहोस्। उदाहरणका लागि यदि तपाइँ शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ भने केही हिस्सा इक्विटी, ऋण कोष र सुनमा पनि राख्नुहोस्। यसबाहेक अचानक जागिर गुमाउनु पर्दा वा चिकित्सा आपतकालमा आफ्नो लगानी बेच्नु नपरोस् भनेर (३–६ महिनाको खर्च बराबर) आपतकालीन कोष सिर्जना गर्नुहोस्। बीमा (स्वास्थ्य र जीवन) पनि जोखिम व्यवस्थापनको एक महत्त्वपूर्ण भाग हो। जसरी आईएमएफ टोलीले हरेक परिस्थितिका लागि तयारी गर्छ, त्यसरी नै तपाइँले पनि आफ्नो वित्तीय जोखिम कम गर्ने योजना बनाउनुपर्छ।

धैर्य र दृढताः दीर्घकालीन दृष्टिकोण राख्नुहोस्

फिल्ममा इथान र उनको टोलीले धेरै अवरोधको सामना गर्छन् तर उनीहरुले हार मान्दैनन्। लामो प्रतीक्षापछि फिल्म अन्तिम २० मिनेटमा चरमोत्कर्षमा पुग्छ जब इथानले बाइप्लेन उडाउँछ र रोमाञ्चक स्टन्टसहित मिसन पूरा गर्छन्। यसले धैर्य र लगनशीलताको प्रतीक हो। जुन वित्तीय लगानीमा उत्तिकै महत्त्वपूर्ण छ।

पाठः आर्थिक सफलता रातारात हुँदैन। शेयर बजारमा उतारचढाव हुनु सामान्य कुरा हो। कहिलेकाहीँ तपाइँको लगानीको मूल्य घट्न सक्छ तर लामो अवधिमा (५–१० वर्ष), इक्विटी म्युचुअल फन्ड वा इन्डेक्स फन्डजस्ता विकल्पहरुले राम्रो प्रतिफल दिन सक्छन्।

टिमवर्कः आफ्नो परिवार र विज्ञहरुलाई संलग्न गराउनुहोस्

फिल्ममा इथान एक्लै लड्दैन। उनको सफलता उनको टोली– लुथर, बेन्जी र ग्रेसको समर्थनमा निर्भर गर्दछ। प्रत्येक सदस्यले आफ्नो विशेषज्ञता (प्रविधि, ह्याकिङ वा चोरी) प्रयोग गर्दछन्। वित्तीय व्यवस्थापनमा पनि तपाइँले सँगै काम गर्नुपर्छ।

पाठः आफ्नो आर्थिक लक्ष्यहरुका बारेमा आफ्नो जीवनसाथी वा परिवारसँग खुलेर कुरा गर्नुहोस्। उदाहरणका लागि यदि तपाइँ आफ्ना बच्चाहरुको शिक्षा वा विवाहका लागि बचत गर्दै हुनुहुन्छ भने तपाइँको पार्टनर पनि योजनाको एक हिस्सा होस् भनी सुनिश्चित गर्नुहोस्। यसबाहेक कर योजना, अवकाश योजना, आदि कम्पनीमा लगानी गर्दा विचार गर्न सकिने अन्य केही सुझावहरु हुन्। योजना वा लगानीका लागि चार्टर्ड एकाउन्टेन्ट, कर सल्लाहकार वा वित्तीय सल्लाहकारको सहयोग लिनुहोस्। – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS