काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३२ दशलमव ४४ अंकले घटेर २,६५५ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधी विद्युत कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ५१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४१ करोड ९लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । राधि विद्युत कम्पनीका लगानकिर्ताले ३ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















