IME Life New

सर्वोच्चमा सरकारविरुद्ध शरद ओझाले दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट निलम्बित शरद ओझाले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायरको मुद्दा आज साउन १८ गते हेर्न नभ्याइनेमा राखिएको छ।

ओझाको रिटको पेसी आज सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको थियो। यद्यपि, आज सुनुवाइ नभएर हेर्न नभ्याइनेमा राखिएको हो। यो मुद्दा गत साउन १२ गते हेर्न नभ्याइनेमा र साउन १४ गते हेर्न नमिल्नेमा राखिएको थियो।

Crest

नेपाल सरकारले आचरण, कार्य क्षमता र पदीय जिम्मेवारीका सम्बन्धमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि ओझा बीमा प्राधिकरणको अध्यक्ष पदबाट निलम्बनमा परेका थिए। ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय र छानबिन समितिविरुद्ध संयुक्त रिट दायर गरेका छन्। उनले छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई समेत विपक्षी बनाएका छन्।

ओझाले छानबिन समिति खारेजीसँगै निलम्बन फुकुवाको माग दाबीसहित सर्वोच्चमा साउन ८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका छन्। उनले दिएको रिट निवेदनको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले साउन ९ गते नेपाल सरकार तथा अन्य विपक्षीविरुद्ध कारण देखाऊ आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS