काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘एनआई ३१’ नामक म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजना इकाइहरु निष्कासन गर्न अनुमति दिएको हो। अब योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकले २५ करोड रुपैयाँबराबरको इकाइको सार्वजनिक निष्कासन गर्नेछ।
सर्वसाधारणका लागि यस खुलामुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल २ करोड ५० लाख इकाइ जारी हुनेछ। यस योजनाको कोष प्रवर्द्धकमा नबिल बैंक रहेको छ।

















