IME Life New

सानिमा मिडिल तमोरले तमोर भियोमा हाइड्रोमा लगानी ५५ प्रतिशत पुर्‍याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले ४७ मेगावाटको दूधकोशी–४ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तमोर भियोमा हाइड्रो प्रालिमा शेयर लगानी बढाएर ५५ प्रतिशत पुर्‍याउने भएको छ ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समिति बैठकले शेयर लगानी ५५ प्रतिशत पुर्‍याउने निर्णय गरेको सानिमा मिडिल तमोरले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

Esewa
Crest

यसअघि भदौ १९ गते बसेको सानीमा मिडिल तमोर सञ्चालक समिति बैठकले यो कम्पनीमा ६ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेको थियो । बहुमत प्रवर्द्धक शेयर हात पार्ने रणनीति सहित कम्पनीको सञ्चालक समितिले लगानी थप्ने निर्णय लिएको हो।

निर्माण–सञ्चालन–स्वामित्व ग्रहण–हस्तान्तरण (बुट) प्रारूपमा उक्त आयोजना विकास गर्न विद्युत् विकास विभागले आशयपत्र आह्वान गरेकोमा आशयपत्र बुझाएका मध्ये सानिमा मिडिल तमोर र व्योमा हाइड्रो प्रालिको संयुक्त उपक्रम (जेभी) कम्पनी छनोटमा परेको थियो ।

विभागले भदौ १० गते यो जेभी कम्पनीलाई छनोट गरेपछि कम्पनीले विशेष प्रयोजनको (स्पेशल पर्पस भेहिकल,एसपिभी) कम्पनी स्थापना गर्ने भएको हो । एसपिभी कम्पनीमा बाँकी लगानी व्योमा हाइड्रोले गर्नेछ । एसपिभी भनेको कुनै पनि निश्चित उद्देश्य वा निश्चित क्षेत्रमा मात्र लगानी गर्ने विशिष्ट उद्देश्य सहित स्थापित कम्पनी हो।

सानिमा मिडिल तमोर कम्पनीले ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS