IME Life New

आजबाट राप्ती हाइड्रोको अवितरित हकप्रद लिलामीमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आजबाट अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्दैछ । असार १ गतेबाट हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो ।

जसमा बिक्री हुन बाँकी रहेको कुल ७ लाख ४ हजार १११ कित्ता शेयर बोलकबोल बढाबढ मार्फत बिक्री गर्ने भएको हो । सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समुहतर्फको लकइनमा नरहेको (साउन ८ गतेसम्म लकइन) १ लाख ४० हजार १०१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।

Esewa
Crest

बिक्रीमा राखिने शेयरमा इच्छुका जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

शेयरको बोलपत्र आवेदन फारम मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय, नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंक, शाखा कार्यालय ठिमी भक्तपूर, कुमारीपाटी ललितपुर, बिर्तामोड झापा, विराटनगर, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, दाङ, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट पाइनेछ ।

सो शेयरमा आज साउन १३ गतेबाट साउन २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS