IME Life New

रेमिट्यान्समा ३१% को उछाल, अर्थतन्त्रका अधिकांश सूचकमा पनि उत्साहजनक प्रगति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको अर्थतन्त्रका सूचकहरु उत्साहजनक देखिएका छन्। अधिकांश सूचकमा प्रगति देखिएको हो।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो दुई महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो। भदौसम्म विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो। २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह रु. १ खर्ब ७४ अर्ब ६७ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब २७ अर्ब ९९ करोड रहेको थियो।

Crest

यसैगरी २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ३२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो।

यसैगरी समीक्षा अवधिसम्म कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ५ अर्ब १६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.१ प्रतिशतले वृद्धि भएको थियो।

२०८२ भदौसम्म कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ५७ अर्ब ८४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिसम्म चालु खाता रु. १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. १ खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको थियो।

२०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा रु. २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ। यो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS