IME Life New

रसुवा बाढीले ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो, दैनिक करोडौँ घाटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले रसुवा बाढीले ३५० मेगावाट बढी क्षमताका आयोजनाहरुको निर्माण कार्य रोकिएको जनाएको छ।

इप्पानले आज एक विज्ञप्ति जारी गर्दै रसुवा बाढीले जलविद्युत आयोजनामा पुर्याएको क्षतिका बारेमा जानकारी ३५० मेगावाट बढी क्षमताका आयोजनाहरुको निर्माण कार्य रोकिएको जनाएको हो। निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली ११०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३बीजलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ।

Esewa
Crest

इप्पानका अनुसार देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन्।

इप्पानले रसुवा बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको जनाएको छ। इप्पानका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए जलवद्यिुत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र,२२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ । यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३बी हब सवस्टेसनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो । ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको विज्ञप्तिमा उल्लेख छ।

त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण त्यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसमम उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिएकौ इप्पानले जनाएको छ।

गत असार २४ गते चीनको तिब्बतहुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोसी)मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख छ। ‘यसका साथै नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमासमेत ठूलो क्षति पुर्याई ७ जनाको ज्यान जानुका साथै १९ जना नागरिक बेपत्ता भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS