IME Life New
GBIME

राप्ती हाइड्रोको हकप्रदमा आवेदन दिने समय थप

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार १ गतेबाट निष्काशन गरेको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको हकप्रदमा आज असार २२ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा कम्पनीले सो समय असार २४ गतेसम्म आवेदन दिन सकिने बनाएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको हो ।

जसअनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गरेको छ ।

Crest

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो। यसको अर्थ जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS